सुनसरी/ थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् ।
कार्यसमितिको सचिव अभिराम चौधरी, सह-सचिव सरोज चौधरी कोषाध्यक्ष सीतवसन्त चौधरी र सह-कोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, र पूष्पलाल चौधरी चयन भएका छन् ।
कार्यसमितिका सल्लाहकारहरुमा लालबहादुर चौधरी, रमानन्द चौधरी, पाण्डव चौधरी, सरस्वती चौधरी, विवेक चौधरी, जयप्रकाश चौधरी र राजाराम चौधरीलाई चयन गरिएको छ ।
रामधुनी-५ स्थित एक समारोहमा थारू चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै थारू कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रनारायण चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो । निर्वाचन मण्डलमा संयोजक अधिकृत अधिवक्ता सुकदेव चौधरी र निर्वाचन सदस्य रेणु चौधरी र मनोज चौधरी रहेका थिए ।
निर्वाचन अधिकृत सुकदेव चौधरी रोहवरमा संस्थाको विधान २०७२ को दफा -१३ देहाय ९१० बमोजिम समिति गठन गरेको छ ।
हाम्रो मिसन भनेको थारुहरु माग मुद्दाहरूको किनारा लगाउने हो । कला गला सङ्गितको माध्यम बाट । यसमा थारु अगुवा कलाकारहरुको हात साथ चाहिन्छ भनेर कार्यक्रम निर्वाचित वरिष्ठ उपाध्यक्ष बासमैतले बोलेका थिए । लक्ष्य के लिनु उडी छुनु चन्द्रमा छ ।
-अवको केही हप्तामा सस्थाको आफ्नै कार्यालय उदघाटन गर्ने ।
-कलाकारहरुलाइ ट्रेनिङ्ग द्वारा अभ्यास गराउने ।
-समाजमा घटिरहेको विकृति विसङ्ग्ती कुरीति प्रथालाइ कला, गला, सङ्गित, भिडियो मार्फत दिशा निर्देशन गर्ने ।
-संस्थाको आफ्नै जग्गाको पहल कदमी गर्ने ।
यो सानो सपना लक्ष्य लिएर अहिलेका नव निर्वाचित कार्यसमितिको रहने छ ।