स्थानीय

    Showing 2,461-2,470 of 3,406 items.
  • सार्वजनिक जंग्गा सिमांकन गर्दै

    धरान /सार्वजनिक जग्गामा अतिक्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिकाले सिमांकन गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा उपमहानगरपालिकाले धरान ५ को सार्वजनिक जग्गामा सिमांकन गर्दै घेराबारा समेत गरेको छ । खेल मैदानको लागि संरक्षण गरिएको सो जग्गामा केही समय अगाडि धरान उपमहानगरपालिकाले व्यक्तिले बनाएको घर डोजर लगाएर भत्न्काएको थियो । विगतमा वडा कार्यालयले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर अधेरी खोला किनारको सार्वजनिक जग्गा संरक्षण गरेको थियो । त्यहाँ रहेका अन्य सार्वजनि जग्गा पनि अतिक्रमणबाट संरक्षणका लागि सिमांकनसँगै घेराबार गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 526 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पूरा मन्त्री सिटौलाले उद्घाटन गर्ने

    धरान /  धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् । आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’ महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खे

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच दिने स्वास्थ्य शिविर

    विजयपुर/  नागरिक हेल्थ प्रोग्राम र बगरकोट यातायात प्रा.लि को सर्कायमा धरान १५ बगरको नमुना मार्गमा सोमबार देखि ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरकि हेल्थ प्रोग्राम एक सामाजिक संस्था हो । यो सरकारी तबरबाट चलेको संस्था भएकाले बेला बेला यस संस्थाले सहुलियत शुल्कमा स्वास्थ्य जाँच गर्ने गरेको बताएको छ । २०७२ साल देखि धरान उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिक हेल्थ प्रोग्रामको कार्यालय रहेको छ । यस संस्थाले अहिले सम्म ३५ हजारको स्वास्थ्य परीक्षण गरिसकेको संस्थाका प्रतिनिधि खगेन्द्र भण्डारीले बताएका छन् । पहिलो दिन शिविरमा स्वास्थ्य जाँच गर्ने २५ जनाको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 485 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • घरमै सामाजिक सुरक्षा भत्ता

    धरान /  स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 553 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशस्तरीय भलिबलको उपाधि ओखलढुंगालाई

    धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुर

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 483 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी व्यवस्थापनमा सचेत बनौँ

    धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो । ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या द

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 455 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाबासीलाई सुरक्षित बनाउने वडा कार्यालयको योजना

     धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति स

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

    धरान /  नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 514 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन सञ्चारकर्मी पुरस्कृत

     सुनसरी /  प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मी

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी

    धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो । प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved