विजयपुर/इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जनतासँग सहकार्य नगरी शान्ति सुरक्षा कायम गर्न चुनौति देखिएको बताएका छन् । डिएसपी बुद्ध श्रेष्ठको सरुवा भएपछि धरानको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न इलाका प्रहरी कार्यालय धरान आएका डिएसपी मल्लले नेपालको जनसङ्ख्या अनुसार नेपाल प्रहरीको जनशक्तिले एक जना बराबर ३ सय ८३ जनालाई प्रहरीले हेर्नुपर्ने बताए । उनले भने– ‘नेपाल अधिराज्यभरि नेपाल पुलिसको जनशक्ति ८९ हजार ५ सय ४१ रहेको छ, प्रदेश १ मा भने एक जना प्रहरीले ४ सय ६८ जना हेर्नुपर्ने देखिन्छ, सुनसरीमा भने एकजना प्रहरीले ७ सय ६२ जनालाई हेर्नुपर्ने अवस्था रहेको छ ।’
धरान/वडास्तरबाट बालबालिकाको क्षमता विकासका लागि वडा बाल सञ्जाल गठन गरिएको छ । सोही अनुरुप ती बालसञ्जालले विविध कार्यक्रम गर्दै आएको छ । शारदा बालिकाको ज्योतिपुञ्ज बाल क्लब र वडाबाल सञ्जाल धरान १६ को संयुक्त आयोजनामा बुधबार बालिका स्टार सिजन थ्रीको आयोजना गरेको छ । प्रतियोगितामा जेनिथ इङ्लिस बोर्डिङ स्कुल र चन्द्र संस्कृत माविका विद्यार्थीले २–२ प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गरेका छन् । शारदा बालिका मावि, सिद्धार्थ स्कुल र पूर्वाञ्चल बाहिरा विद्यालयले १–१ प्रतिस्पर्धामा प्रथम भए । शारदा बालिका नमूना माविको परिसरमा आयोजना भएको सो प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकको प्रत
धरान : चौथो हर्मोनिज स्काउट क्याम्प शुक्रबार सुरु भएको छ । नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव वासुदेव भण्डारीले स्काउटको भण्डोत्तोलन गरेर क्याम्पको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै स्काउटले अनुशासित, चरित्रवान्, कर्तव्यप्रति सचेत र देशभक्त नागरिक बनाउन सहयोग गर्ने धारणा राखे । ‘बालबालिकामा असल चरित्रको विकास गर्न यस्तो कार्यक्रम आवश्यक हुन्छ’, उनले भने, ‘यसले जीवन जिउने कला पनि सिकाउँछ ।’ नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् । प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कार
विजयपुर / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने
धरान / यहाँस्थित दोभान पार्कमा मङ्गलबार झन्डै एक दर्जन कवि र केही स्रोताहरू भेला भएका थिए । उद्देश्य थियो, प्रेम–कविता सुन्ने र सुनाउने । यो चाँजोपाँजो मिलाइदिएको थियो– धरान–३ वडा कार्यालयले ।प्रेम दिवसको अवसर पारेर धरान–३ ले केही वर्षयता हरेक वर्ष दोभान पार्कमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै क्रममा मङ्गलबार पनि प्रेम दिवसकै दिन पारेर यसले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चन्द्र गुरुङ, प्रदीप योङ्हाङ, इन्दु योन्जन, सन्तोष थेवे, सुदीप पाख्रिन, मिलन राई, हेनसेन याक्खा, विशाल नाल्बो, डा विशालबाबु भट्टराई, चेवन राईलगायतले कविता वाचन गरेका थिए
धरान : कवि करुणा राईको काव्यकृति ‘रसिया राग’ शनिबार लोकार्पण गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै अग्रज कवि बम देवानले राईका कवितामा गाउँले जीवनका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको धारणा राखे । त्यस क्रममा उनले रसिया रागबारे पनि प्रस्ट्याएका थिए । ‘असारको रसिलो मौसममा धान रोपाइँ गर्दा गाइने असारे भाका नै रसिया राग हो’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि देवानले भने, ‘करुणाका कविताहरू रसिया रागजत्तिकै मधूर र रसमय छन् ।’ कार्यक्रममा कवि राईको काव्यकृतिमा भएका कविताबारे कवि मनु मन्जिलले पनि चर्चा गरेका थिए । सर्जक राईका कविताहर
धरान / धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकले मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि १० देखि १५ लाख मात्र कारोबार भएकोे जनाएको छ ।आयोजक फ्लोरी कल्चर एसोसिएसनले पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् । ५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर
विजयपुर / धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गर्ने भएको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एक तर्फी प्रणाली लागू गर्ने भएको हो । धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन । धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज
धरान / फागुन १ गते नेकपा माओवादी केन्द्रले देशैभरि २८ औँ जन आन्दोलन दिवस मनाएको छ । माओवादी केन्द्रले २०५२ फागुन १ गतेबाट गरेको जनयुद्धको सम्झनामा यो दिवस मनाएको हो । सरकारले जनआन्दोलन दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ । यसै क्रममा धरानमा समेत माओवादी केन्द्र धरान नगर कमिटीको आयोजनामा जनआन्दोलन दिवस मनाइएको छ । सहिदहरुलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको आयोजना धरानको भानुचौकमा गरेको हो । सो अवसरमा आन्दोलनकै क्रममा २०५९ मंसिरमा राज्यतर्फबाट गिराफ्तार गरी वेपत्ता बनाइएका सुनसरीको धरान उपमहानगरपालिका २० का रणबहादुर शमशेर राई, आन्दोलनकै क्रममा सुनसरीको झुम्कामा २०५९ भाद्र २६ गते सुनसरीको झ