स्थानीय

    Showing 2,441-2,450 of 5,049 items.
  • ग्रामथानमा उपचुनाव: कसको पल्ला भारी,त्रिपक्षीय भिडन्त

    विराटनगर/  कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।एमालेले मंगलबारदेखि ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गरेको छ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । वुधबारबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउ

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सुप्रिम कर्षि फर्ममा गाँजा,संचालक मणिराज पक्राउ

    धरान/ सुनसरीको धरान उप महानगरपालिका १७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 1,162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्बमन्त्री मनाङे जेल,दुई वर्ष चार महिना कारागारमा बस्ने ?

    काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैस

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमन्त्री मनाङे काठमाण्डौंको भर्‍याङबाट पक्राउ

    काठमाडौं । मानब तस्करको आरोप लागेर चार दिन अघि मात्रै कोशीका पूर्बमन्त्री लिलाबल्लभ अधिकारी  पक्राउ परे लगतत्तै ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् ।पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए ।गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा आजदेखि चार दिन सम्म एकादशी मेला शुरु

    धरान । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यसवर्ष आज मङ्गलवार एकादशीको दिनबाट सुरु भई ३० गते शुक्रवार पूर्णिमाको दिनसम्म ४ दिन सम्म शुरु भएको छ । भारतका बिभिन्न क्षेत्र  कुरुक्षेत्र तथा नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् । यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

    गोविन्द वस्नेत धरान । चिकित्सकको विरामी प्रतिको व्यवहारप्रति व्यापक जनगुनासो आइरहेकोप्रति प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा क्षेत्रलाई सेवामुलक बनाउन दिक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री एवम् कुलपति ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई दीक्षित गरिसकेपछि सो कुरा बताएका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा धन कमाउने होडबाजी चलेकोप्रति इंगित गर्दै मुलुकमा शैक्षिक माफिया, स्वास्थ्य माफियाहरुले चलखेल गर्ने गरेकोले यस्ता कार्यलाई नेपाल सरकारले रो

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज हरिबोधिनी एकादशी व्रत, तुलसीको बिवाह

    ठुलो एकादशीहरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशीजनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिनआजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिबोधनी एकादशीको अवसरमा‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

    इलाम/ सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताउनुभयो । यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण समेत गर्ने उहाँले जानकारी दिनुभयो । “माईपोखरीको पर्यटन प्रवर्द्ध

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन?(कोशी सहित)

    काठमाण्डौ।स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ।जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरका लागि निर्वाचन हुनेछ। त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केराबारीमा उराव जातिको आफ्नै भाषामा देउसी

    गोविन्द वस्नेत  धरान । आदिवासी जनजातिमा सूचिकृत उराव समुदायले आफ्नो जातिको उत्थान, प्रवद्र्धन र सांस्कृतिक जागरण जनमानसमा पु¥याउन हरेक सार्वजनिक कार्यक्रममा आफ्नो भाषा सँस्कृतिलाई प्रचलनमा ल्याउन थालेका छन् । बहुभाषिक, वहुजातीयको बसोबास रहेको नेपालमा उराउहरुले समेत आफ्नो पहिचान स्थापित गर्न जातिको उत्था, प्रवद्र्धन र साँस्कृतिक जाँगरणलाई अगाडि बढाएका हुन् ।उराव आदिवासी जनजातिभित्रको पनि लोपोन्मुख जातिभित्र पर्छ । आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरले आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा सुनसरी र मोरङ्गमा रहेका झाँगड (उराव), अति लोपोन्मुख भनि सूचीकृत गरिएको पाइन्छ । उनीहरुले

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved