धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’ संस्था गठन भए लगत्तै
धरान / विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डाै सातौँ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसलाई विजयी गराउन ब्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का
विजयपुर/धरान १५मा रहेको युनाइटेड गोर्खा एकेडेमीले १० ओैं वार्षिक उत्सव मनाएको छ । आइतबार एकेडेमीले विविध कार्यक्रमको आयोजना गरी अफ्नो १० ओै वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्य र नाटकको प्रस्तुतिसँगै समसामयिक विषयको नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको नाटकमा सृष्टि राई, एसलिना श्रेष्ठ, त्योहाङ्ग राई, जसमिना राई , डोलमा शेर्पा र नहम राईले अभिनय गरेका थिए । सो अवसरमा बोल्दै स्कुलका प्रिन्सिपल पेम्बा शेर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समाव
शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प
धरान / धरान मोडल कलेजले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । धरान १ मा रहेको कलेजले धरान नगरभरिका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । आइतबार भएको प्रतियोगितामा दुई चरण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । प्रारम्भिक चरणमा १२ वटा विद्यालयलाई सहभागी गराइएको थियो । जसबाट दोस्रो चरणका लागि ६ वटा समूह छनौट गरिएको थियो । छनौटमा पर्नेहरुमा पब्लिक हाइ स्कुल, ज्ञानोदय मा.वि., चन्द्र संस्कृत मा.वि., अल्पाइन मा.वि., समिट मा.वि. र भालढुंगा मा.वि. रहेका थिए । प्रतियोगितामा एम्स विद्यालयको सम
धरान / नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् । नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला प्रतियोगितामा उनी दोस्रो भएका थिए । देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पु
धरान / प्रदेश एकको नाम कोशी प्रदेश भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् । उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्
विजयपुर / भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी
मोरङ/प्रदेश नंं १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । पहिलो कार्यकालमा प्रदेशको राजधानीको टुंगो लगाए पनि नामकरण भने गर्न सकेको थिएन । प्रदेश नं. १ मा पहिलो कार्यकालमा शेरधन राई, भिम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री हुँदा समेत प्रदेशको नाम टुंगो लाग्न सकेको थिएन । अन्य ६ वटा प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश नंं १ को नामकरणको टुंगोे नलाग्दा प्रदेश १ सरकारको आलोचना भएको थियो । तर बुधबार बेलुका भने प्रदेश १ को नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई पारित गरेको हो ।कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरे
सरकारले लागू गरेको एकीकृत पाठ्यक्रमबारे कार्यान्वयन गर्न सवै शिक्षकसामु धारण बसाउन सकेको छैन् । सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको थियो । आधारभूत तहको कक्षा १–३ मा कुनै एउटा विषयलाई भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्थानीय आवश्यकतामा आधारित भएर ज्ञान दिनका लागि एकीकृत पाठ्यक्रम लागू गरिएको हो । तर, पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि सुनसरीको बराहक्षेत्र र रामधुनी नगरपालिका क्षेत्रका सामूदायिक विद्यालयमा एकीकृत पाठ्यक्रम