धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् । यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ । प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो । परिव
धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरु
धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्। यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चा
धरान / चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ । ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने,चोरी हुने समेत हुने गरेको छ । यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ । १० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आव
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो । वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र
धरान । वडा कार्यालयमा पुगेर अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको छ । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले
धरान / विविएस पढ्ने विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अभिप्रेरित गर्ने उद्देश्यले विविए प्रोगाम लञ्च भएदेखि नै शुरुवात गरिएको राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट शुरु हुने भएको छ । धरानको रंगशालामा आगामी जेष्ठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भरिबाट १७ वटा कलेजले प्रतिष्पर्धामा भाग लिएको विविए संकायमा अध्ययनरत विद्यार्थीहरुहरुले सहभागिता जना विविए कार्यक्रम तथा खेलकुद कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले जानकारी दिएक छन् । प्रतियोगितामा विजेता हुने टिमले एक लाख, उपविजेता हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्ने छन् भने प्रतियोगिामा म्यान अफ म्याच, फेयर
विजयपुर / बैंकहरुले सर्वसाधारणको सजहताका लागि एटिभएम कार्ड प्रयोगमा ल्यायो । यतिमात्र हैन पछिल्लोसमय बैंकहरुले मोवाइल बैंकिङ कारोबार पनि सञ्चालन गरेकोछ । तर प्रभावकारी नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।सर्वसाधारणले विना झन्झट, घण्टौ लाइनमा बस्नु नपरोस् भनेर यस्ता सुविधा ल्याएका हुन् । तर पछिल्लो एनआइसी एसिया बैंकको धरान शाखाले सञ्चालन ल्याएको एटिएम मेसिनमा कहिले पैसा सकिएर नचल्ने, कहिले प्राविधिक समस्याले नचल्ने गर्दा सेवाग्राहीरुमा मारमा परेका छन् । आइतबार पनि बैंक परिषरमा राखेको दुई वटा एटिएम मेसिनमध्य एउटा मेसिनको सर्वरै डाउन भएर नचल्ने अवस्थामा रहेको थियो । एउटा बिग्रेको र
धरान /किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष भने साँस्कृतिक आन्दोलनको रुपमा मनाएका छन् । प्रदेश नंं १ को नाम कोशी राखिएपछि सशक्त रुपमा संयुक्त मोर्चा बनाएर कोशी नामाकरण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा होमिदै आएको मोर्चाको एक घटक किरात राई यायोख्खाले यस बर्षको साकेला पर्व साँस्कृतिक आन्दोलनको रुपमा मनाएको हो । शनिबार धरानको मुटु भानुचौकमा उनीहरुले साकेला सिली प्रदर्शनी समेत गरेका थिए । किरात राई यायोख्खा धरान ९ र १० वडाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुुनुपर्ने माग राखेका थिए । सो अवसरमा बोल्दै किरात