स्थानीय

    Showing 1,881-1,890 of 3,385 items.
  • यस बर्षको तिहारमा स्थानीय फूल पर्याप्त

    धरान/  यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विविएस चौथो वर्षमा मेरिल्याण्ड नेपाल प्रथम भएको दाबी

    मोरङ/  त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले योजनाबद्ध विकास अघि बढाउन सकेन:प्रदेश सांसद

    विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिब्ल्याँटे माई पोखरी सडक कालोपत्रे माथि बन्दै, तल बिग्रँदै

    इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

    धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी श्रीमति संघद्वारा मठ मन्दिर सरसफाई

    धरान/  नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पर्यटकको चहलपहल शुरु

    धरान/  विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ । समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थाले

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘तस्कर तन्त्रलाई बढवा दिदाँ अर्थतन्त्रमा असर’

    धरान/  देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् । सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए । उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्, उद्योग व्यवसाय न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नुना स्टोर प्रकरण : बचतकर्ताको रकम २५ करोड भन्दा बढी

    धरान/ बचतकर्ताको रकम लिएर फरार रहेका धरान ११ स्थित नुना स्टोरका संचालकले २५ करोड भन्दा बढी रकम तिनुपर्ने देखिएको छ । केही दिन अघि पिडितहरुको उजुरीको आधारमा ३ करोड रुपैया लिएर फरार रहेको भनिए पनि पछिल्लो समय उजुरी गर्नेको संख्या बढ्दै गए पछि उनले २५ करोड भन्दा बढी रकम लिएर फरार रहेको बुझिएको हो । संञ्चालक वसन्त राई ४ सदस्यीय परिवार सहित भागेपछि १८ जना पीडितहरू पहिलो निवेदन लिएर इलाका प्रहरी कार्यालय पुगेका थिए । थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन । तेस्रो निवेदन ८ जनाले दिएका छन् । राईले पसलमा कारोबार गरेका ६० जना पिडितहरुको २५ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार रहेक

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 775 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

    धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ । पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो । करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए । धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन । टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved