धरान । नेपालीहरुको दुई पाङ्ग्रे सवारीको रोजाइमा पर्दै आएको मोटरहेड कम्पनीको बाइकले नेपाली बजार क्षेत्रमा छुट्टै ब्राण्ड स्थापना गरेको छ । कम्पनीहरुले वित्रीपछिको सेवालाई प्राथिमकता नदिदा उपभक्ताहरुले सास्ती खेपीरहेका अबस्थामा मोटरहेड कम्पनीले वित्री पछिको सेवालाई पनि उच्च प्राथिमकतामा राखेर सेवा दिदै आइरहेको छ । एसएलआर टेक्नो एण्ड ट्रेडले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएकोे जनाएको छ । एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्ज्वल जोशीले उपत्यकाभित्रका ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरि सेवा प्रदान गर्दै आइरहेक
धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरान
धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ९ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ९ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले उनलाई टप ९ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म आएको बुब
धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न सफल भएका धरानका सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन आर्थिक सहयोगका लागि अभियान नै संचालन गरिएको छ । यसै वीच नेपाल तामाङ घेदुङले लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । यस अघि धरान २ स्थित निकेतन उच्च माध्यमिक विद्यालयमा गरिएको एक कार्यक्रममा ४५ हजार रुपैया भोटिङका लागि आर्थिक संकलन भएको थियो । घे
इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब
धरान/ पब्लिक स्पीकर नेपालका बिजेता, प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । काठमाडौंमा बालआश्रम चलाइरहेकी कालिकोटकी नन्दा सिंह सगँ रमेशले यहीँ मंसिर २२ गते धरानबाट विवाह गर्न लागेका हुन् ।उनिहरु केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । यता रमेशका साथि जिबन विष्टले पनि एउटै लगनमा विवाह गर्न लागेको छन् । १२ वर्षको मित्रताको उपज भन्दै जिबनले एउटै लगन एउटै मण्डपबाट विवाह गर्ने निधो गरेको बताएका छन् । विभिन्न समयमा समसामायिक विषयमा आफ्नो कुरा सामाजिक सञ्जालबाट व्यक्त गर्दै आएका रमेशका फ्यान फलोइङ राम्रो छ। पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा कल्पना दाहालसगँको दोहोरीका
धरान/ लघुचलचित्र ‘द रेडमुन’को छायाङ्कन सकिएको छ । गत शनिबार शुभमुर्हत गरिएको चलचित्रको छायाङ्कन आइतबार सकिएको हो । थिएटर सहाराको प्रस्तुति रहेको लघु चलचित्रको निर्देशन रविन श्रेष्ठले गरेका छन् । कथा पनि उनकै रहेको छ । यसका निर्माता नवीन मेन्याङ्वो छन् भने क्यामेरामेन लुज सिंह छन् । माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँले जनजीवनमा यसले पारेको प्रभावलाई चलचित्रमा देखाइने निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘कथा नयाँ छ, गज्जब छ, प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ ।’ चलचित्र १५ देखि २० मिनेटको हुने श्रेष्ठले जनाए । अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई लक्ष
इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि
धरान । कोरोनाको कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार बृहत चलचित्र सम्बन्धी अन्तरक्रिया गरि आागमी दिनको चलचित्र महोत्सव गर्ने कार्ययोजनामा समावेश गरेको छ । आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ मा आयोजना गर्ने महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । प्रदेश नं. १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छाँयांकनको लागि उपयुक्त स्थान भएकोले प्रदेशका चलचित्रकर्मीहरुलाई उत्साहित गराउदै पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको
धरान । धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ । क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो गर्न लागेको हो । ‘हामीले हिन्दी चलचित्रका स्थानीय दर्शकलाई घरमै बसीबसी चलचित्र गर्न सहजता होस् भनेर यो सुविधा सुरु गरेका हौ’ धरान स्पेश टाइम नेटवर्क प्रालीका प्रबन्ध निर्देशक विदुरबिक्रम पन्तले भने ‘ कोरोनाको महामारीमा सुरक्षित र सुलभ रुपमा रिलीज भएको