धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब
धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता सँगै प्रदेश एकको समृद्धिको लागि इकोनोमिक समिट पनि हुने भएको छ । आइतबार धरान स्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए । उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको
धरान/ दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्लूवाइसी क्लब फाइनलमा पुगेको छ । विराटनगर १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडब्लूवाइसी फाइनलमा पुगेको हो । जितको लागि टिडब्लूवाइसीका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो । मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडब्लूवाइसीका विरेन्द्र लिम्बु घोषित भए । आज विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बल बिच प्रतिस्पर्धा हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजे
धरान / प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चिक्त बुझाएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आ
सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम
धरान । धरान डे को अवसरमा धरान आदर्श माध्यमिक विद्यालयले मंगलबार १० औँ मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको सप्ताहब्यापी खेलकुद पुष २५ गतेबाट सुरू हुँने भए पनि धरान डेको अवसरमा मिनि म्याराथुन प्रतियोगिता मंगलबार नै आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथनमा छात्र तर्फ कक्षा १२ मा अध्ययनरत बिजनेस संकायका रिजन श्रेष्ठ र छात्रा तर्फ कक्षा ११ की मेनेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो भएका छन् । त्यस्तैगरी छात्र तर्फ कक्षा ११ मा अध्ययनरत एच.एमका सुदिप राई दोस्रो, कक्षा १२ मा अध्ययनरत साइन्स संकायका सन्तोस राई तेस्रो र कक्षा १२ का बिजनेस संकायमा अध्यय
सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ । इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निका
धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत बास्केटबल प्रतियोगितामा छात्रतर्पm धरानको एम्स एकेडेमीले ह्याट्रिक गरेको छ । छात्रातर्पm भने यसपटक धरान आदर्शले उपाधि उचालेको छ । छात्रतर्फ शनिबार भएको अन्तिम प्रतिस्पर्धामा एम्सले जित हात पारेको हो । एम्सले लगातार तेस्रोपटक छात्रतर्पm बास्केटबलको उपाधि जितेको हो । डिपोट स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा एम्स र धरान मेघा कलेज (हिमालयन स्कुल) बीच कडा प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा ३१–२६ स्कोरको अन्तरमा एम्सले जित निकालेको हो । प्रतियोगितामा मेघाले दोस्रो स्थान प्
धरान । हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा विहिबार देखि सुरु भएको बास्केटबल खेलको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । खेल धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भए । त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भए । त्यस्तै गरी प्रतिष्पर्धात्मक खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को
धरान । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा भएको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा रहेका छन् ।सोमबार देखि पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका हुन् । निरजले फ्रन्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । यसैगरि, सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए । नेपालका नम्बर वान धराने खेलाडी शुक्रबहादुर राई र सुनसरी बराहक्षेत्रकै खेलाडी टंकबहादुर का