पर्यटन

    Showing 11-20 of 515 items.
  • श्रम संस्कृति पार्कमा सारङ्गीको स्वर : पुस्तौंदेखिको पेसा जोगाउँदै

    धरान/ धरानस्थित श्रम संस्कृति पार्कमा हरेक दिन मधुर सारङ्गीको धुन गुञ्जिन्छ। त्यही धुनसँगै आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै अघि बढिरहेका छन्—सुवास गन्धर्व र सुजन गन्धर्व। सुवासले विगत २५ वर्षदेखि सारङ्गी रेट्दै गीत गाउँदै आएका छन् भने सुजनले पनि आठ वर्षदेखि यही यात्रामा साथ दिइरहेका छन्। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू पार्कमा एकजनाले मादल बजाउने र अर्काले सारङ्गीको धुनमा गीत गाउने दैनिकीमा व्यस्त हुन्छन्। उनीहरूको प्रस्तुति केवल मनोरञ्जनमा सीमित छैन, यही नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। पार्क घुम्न आउने सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको सहयोगबाट उनीहरूको ग

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

    धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ। पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचान

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ हुँदै

    धरान/ कोशी प्रदेशलाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यसहित धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुने उक्त उत्सव पर्यटन, संस्कृति, कला र व्यवसायको संगमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक, विशेषगरी बिहार राज्यका पर्यटकलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो। कोशी करिडोरलाई केन्द्रमा राखेर आयोजना हुने यस उत्सवले सीमापार पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरि

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी किनारमा पर्यटकीय उत्सव : ‘कोशी पर्यटन महोत्सव–२०८२’ भव्य तयारी

    धरान/ कोशी प्रदेश भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘कोशी पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार महोत्सवले स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा विशेष टेवा पुर्‍याउने विश्वास लिइएको छ। महोत्सव २०८२ चैत २५ गतेदेखि २७ गतेसम्म विविध आकर्षक कार्यक्रमसहित सञ्चालन हुनेछ। उद्घाटन दिन अपराह्न ३ बजे आगन्तुक तथा पर्यटक स्वागतसँगै सुरु हुने कार्यक्रम साँझ साकेला र झाँगड नृत्यजस्ता सांस्कृतिक झाँकी प्रदर्शनले थप रौ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओझेलमा परेको इटहरीको पर्यटकीय स्थल ‘खोर्साने खाप’

    धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित ‘खोर्साने खाप’ पछिल्लो समय प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको छ । कुनै समय सेवा सुविधा विस्तारसँगै चर्चामा आएको र इटहरीको पर्यटकीय स्थल अहिले भने ओझेलमा परेको स्थानीयवासी बताउँछन् । इटहरी बजारबाट खोर्साने खाप पुग्ने खोलामा केहि बर्ष अघि प्रदेश सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माण हुनुका साथै बस्तीमा विद्युत् विस्तार भएपछि केही विकास भए पनि यसको पर्यटन सम्भावना अपेक्षा अनुसार प्रवद्र्धन हुन नसकेको स्थानीयको भनाइ छ । यस क्षेत्रमा २०७० सालतिर तीनवटा होमस्टे सञ्चालनमा ल्याइनुका साथै इटहरीको नाट्य संस्था कलालय ले &ls

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–७ मा जेष्ठ नागरिक पार्क बनेपछि, वडाको मुहार नै फेरियो

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको जेष्ठ नागरिक पार्कले वडाको मुहार नै फेरिएको छ। विगतमा फोहोरमैला बग्ने र दुर्गन्ध फैलिने लिलामार्गस्थित भौडी अहिले सुन्दर पार्कमा रूपान्तरण भएपछि स्थानीयवासी खुसी भएका छन्। पहिले खोलाबाट आउने बाढी र बजारको फोहोर बगेर दुर्गन्ध फैलिने उक्त स्थानमा बस्न त परै जाओस्, हिँड्नसमेत असहज हुने अवस्था थियो। तर पार्क निर्माण भएपछि अहिले सो क्षेत्र धरानवासीका लागि आकर्षणको केन्द्र बनेको छ। बिहानैदेखि व्यायाम गर्न, घुम्न तथा मनोरञ्जन लिन आउने मानिसहरूको भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन्। वडा नम्बर ७ का अध्यक्ष जीवन सुवेदीको पहलमा नि

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 1,300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा पर्यटन प्रबद्र्धनका लागि ‘पानबारी पार्क’ निर्माण सुरु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारी सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पानबारी पार्क निर्माण कार्य सुरु गरिएको छ। पानबारी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय परिसरमै पार्क निर्माणको काम अघि बढाइएको हो। धरान आधुनिक शहरतर्फ उन्मुख भइरहेका बेला पानबारी क्षेत्रलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित योजना सुरु गरिएको समितिका अध्यक्ष भुपाल राईले जानकारी दिए। उनका अनुसार पार्क निर्माण भएपछि यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ। पार्क निर्माणका लागि कोशी प्रदेश सरकार र धरान उपमहानगरपालि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •   फुटबलमार्फत धरानको पर्यटन र व्यवसाय प्रवर्द्धन गर्दै बूढासुब्बा गोल्डकप

    धरान/  मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करण यही माघ २२ गतेदेखि धरानमा सुरु हुँदैछ। आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र फागुन २ गते फाइनल खेल हुनेछ। धरानको खेल पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउँदै आएको यस प्रतियोगितामा यस वर्ष नेपाल, भारत र भुटानका गरी १० वटा उत्कृष्ट क्लबहरूको सहभागिता रहनेछ। दर्शकको चाहनाअनुसार यस पटक टिम संख्या आठबाट बढाएर १० पुर्‍याइएको आयोजकले जनाएको छ। आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार व्यवस्थापन, मैदान, सुरक्षा, टिम आवास तथा दर्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा श्रद्धालुको घुइँचो, आस्थाको केन्द्र बन्दै विजयपुर

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा अवस्थित पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर पछिल्लो समय श्रद्धालुको प्रमुख आस्थाको केन्द्र बन्दै गएको छ। विशेषगरी स्वस्थानी व्रत सुरु भएसँगै मन्दिरमा दैनिक रूपमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ। इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेत हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउँछिन्। उनका अनुसार स्वस्थानी अवधिमा कम्तीमा दुईपटक दन्तकाली मन्दिरमा पुगेर पूजा गर्ने परम्परा छ। “शुद्ध मनले चिताएको पूरा हुन्छ भन्ने विश्वासले यहाँ आउँछु,” उनले भनिन्। मन्दिरका मूलपुजारी विश्वराज खनालका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुर

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्ड–२०२६ कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

    इटहरी/ कोशी प्रदेशकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा स्थापित कोशी एक्सिलेन्स अवार्ड–२०२६ कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका बिजनेस प्रमुख सागर केसी तथा मार्केटिङ म्यानेजर अनुपम अधिकारीबीच औपचारिक सम्झौता भएको हो। आउँदो फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्ट्रन होटलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड–२०२६ कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको हो। कोशी प्रद

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved