पर्यटन

    Showing 11-20 of 453 items.
  • सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशाला

    धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ सय २५ जनाको सहभागीतामा कार्यशाला भएको हो । कार्यशालामा विषय विज्ञका रुपमा सामाजिक सुरक्षा कोष काठमाण्डौंका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्धता हुँ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रका जनप्रतिनिधिको ३ वर्ष : विपद्‌मा साथ, बिकासमा फड्को

    वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद्‌ व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्‌को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ। नगरप

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौमा कोसी प्रोजेक्ट शो,पर्यटनमा कोसी अब्बल

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सु

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुप्त वराहस्थलको जीर्णोद्धारमा पण्डित योगेश भण्डारीको सक्रियता

    बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत उपरि तत् द्रव्यम् भगवत द्रव्यं सर्वभोग निर्गतिम् व्रजेत ।' अर्थात् भक्तजनहरूले भागवतमा चढाएको द्रव्य भगवानकै हुन्छ, त्यसको दुरुपयोग गर्नेले दुर्गति भोग्नुपर्छ— वृन्दावन अध्ययन गर्दाताका मनमा गढेको यही श्लोकले योगेश भण्डारीको जीवनदृष्टि नै बदलिदियो। वृन्दावनबाट संस्कृत साहित्यमा आचार्य (एमए) गरेका भण्डारी १८ पुराणका व्याख्याता हुन्। उनी पुराणहरूको वैज्ञानिक र आधुनिक व्याख्याबाट चिनिने युवा धर्मगुरु हुन्। पण्डित भण्डारीले हालसम्म भागवत, देवी भागवत, गणेश पुराण, शिव पुराणलगायत १२ पुराणको नेपाली सारसहितका पुस्तक प्रकाशन गरिसकेका छन्।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पर्यटन महोत्सव श्रीअन्तु घोषणा पत्र जारी गर्दै सकियो

    धरान ।चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे ुश्रीअन्तु घोषणा पत्र  जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ुश्रीअन्तु घोषणा पत्रु सिने चलचित्र पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो।उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सुरु : नेपाललाई बौद्ध तथा आध्यात्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य

    काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम)–२०२५’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्दै नेपाललाई बौद्ध, आध्यात्मिक र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा विकास गरिने बताए। उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई 'अन्तर्राष्ट्रिय शान्ति सहर'को रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। "लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटजस्ता सर्किटहरूमा केन्द्रित गर्दै बौद्ध पर्यटन प्र

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 209 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माण सुरु

    सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा परेको सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु गरिएको छ। कोशी प्रदेशको खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्ध निर्माण सुरु गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए। उनका अनुसार वराहक्षेत्र गुठी व्यवस्थापन समितिको समेत आर्थिक सहयोगमा मिसिनरी वाल (कंक्रीटको पर्खाल) निर्माण भइहेको छ। ०८१ चैतमा प्रदेश पर्यटन सचिव विशाल घिमिरेसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन मन्त्रालयको बजेटमा भइरहेको कामको अनौपचारिक निरीक्षण गरेका थिए। मुख्

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटीमा जोड दिनु पर्ने: अध्यक्ष ढकाल

    काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय तथा आन्तरिक कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआईटीएम) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन्। ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै नेपाललाई बौद्ध पर्यटन केन्द्र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 229 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक वर्षपछि नेतृत्व पाएको बृहत्तर बराहक्षेत्र विकास समिति : अधिकार कटौतीसहित समन्वयकारी भूमिकामा सीमित

    बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार्यक्षेत्र बनाएको बृहत्तर बराहक्षेत्र विकास समितिले एक वर्षपछि नयाँ नेतृत्व पाएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन आदेश जारी गर्दै समितिको अध्यक्षसहित पदाधिकारी नियुक्त गरेको हो।बराहक्षेत्र चतराधामस्थित मुख्य कार्यालय भएको यस समितिको गठन संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयमार्फत हुँदै आएकोमा अब प्रदेश सरकार मातहत आएको छ। ०८१ असार ३० मा जारी गरिएको नयाँ ‘गठन आदेश, २०८१’ अनुसार समितिको नेतृत्व प्रदेश सरकारले नियुक्त गरेको हो।तर समितिका कार्यकारी निर्देशक (सदस्य सचिव) भने अझै नियुक्त भएका छैनन्। मन्त्रालय

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 222 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शिवजट्टा : प्राकृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल ओझेलमा

    सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थलशिवजट्टा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न सकेको छैन । शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन । धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो । पर्यटन व्यवसायीहरूका अनुसार यति सम

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved