अन्तर्वाता

    Showing २५१-२६० of २९६ items.
  • जेलबाट निकाल्ने भन्दै सन्दिभक्तले खाए साडे छ लाख, रिण लागेपछि परिवारको बेहाल

    इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन

    • प्रकाशित मितिः असार ७, २०७७
    • ९३९ पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • सामाजिक सक्रियता नहुँदा आत्महत्या

    धरान ।  सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ । चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर

    • प्रकाशित मितिः असार ७, २०७७
    • १,०३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यौन शोषण गर्ने शिक्षक मदन अधिकारी सहित ४ जना पुर्पक्षको लागि थुनामा

    धनकुटा । तेह्र वर्षिय बालिकालाई पटक पटक यौन शोषण गर्दै आएका धनकुटाका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ । धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै य

    • प्रकाशित मितिः असार ५, २०७७
    • १,८४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम हत्याकाण्ड को बिरोध जनाउदै प्रदेश १ को टोलि घटनस्थलमा

     सुनसरी । पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्नेगरी भएको नरसंहारका पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन १ नं. प्रदेशका अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ । १ नं.प्रदेशका सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा मोरङ्ग र हरि पोख्रेल दर्जी झापा रहेका छन् । घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको टोलीका सदस्य नवराज शंकरले बताए । “एकातिर आन्दोलन थप

    • प्रकाशित मितिः असार ४, २०७७
    • १,२६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लद्दाखमा भारतिय र चिनियाँ सेनाबीच झडप , भारतिय तीन सैनिकको मृत्यु

    सोमबार राति  भारतको लद्दाखस्थित भारतिय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा भारतिय सैनिकका एक कमाण्डर सहित तीन जनाको मृत्यु भएको छ। गल्वान भ्यालीमा भारतीय र  चिनिया बीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो ।  

    • प्रकाशित मितिः असार २, २०७७
    • २,८७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय तस्करद्वारा शसस्त्र प्रहरी माथि आक्रमण

    झापा । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी माथिको आक्रमण बढ्दै गएको छ । सिमा सुरक्षामा शसस्त्रले कडाइ गर्न थाले पछि भारतीय तस्करीको निशानामा शसस्त्र प्रहरी पर्न थालेका छन् । सोमबार राती झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सिमामा खटिएका शसस्त्र माथि आक्रमण गरेका छन् । भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो । यस अघि पनि अवैध सामान ल्याउन रोके पनि शसस्त्र प्रहरीले आक्रमण गरेका थिए । स्थानीयका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले गुहार मागेपछि स्थानियले उद्दार गरेका थिए । सशस्त्र प

    • प्रकाशित मितिः असार २, २०७७
    • ८०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पक्राउ परेकाे ३ घण्टा बित्न नपाउदै छाडीए उद्याेगका इञ्चार्ज : जागिर जाने डरले दिएनन उजुरी

    इटहरी । सुनसरी माेरङ औद्याेगिक करीडाेर अन्तरगत दुहबीकाे एक उद्याेगमा कार्यरत महिलाहरूमाथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित पक्राउ परेका एक उद्याेगका प्रडक्सन इञ्चार्ज पवन शर्मा २४ घण्टा बित्न नपाउदै छाडिएका छन । सुनसरीकाे दुहबी स्थित पशुपति सिन प्याक इन्ड्रस्टिजमा कार्यरत महिलाहरूले कुनै उजुरी नदिएपछि आरोपित शर्मा रिहा भएका हुन । रातकाे समय डयुटीमा खटिएका महिला कामदारहरू माथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित प्रकउ परेका भारत राजस्थान घर भई सुनसरी दुहबी बस्ने २४ वर्षीय शर्मा पक्राउ परेकाे केहि घण्टामै छुटेका हुन । माैखिक उजुरीकाे अाधारमा प्रहरीले

    • प्रकाशित मितिः असार १, २०७७
    • १,४५९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १३ का रामकुमार जवेगुले गरे आत्महत्या

    धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको

    • प्रकाशित मितिः असार १, २०७७
    • ६६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीको कुटपिटबाट हिरासतमै दलित युवाको हत्या भएको परिवारको आरोप

    काठमाडौं । हिरासत भित्रै झुण्डिएको अवश्थामा फेला परेका धनुषा जिल्लास्थित सबैला नगरपालिकाका एक दलित युवालाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका परिवारले आरोप लगाएका छन् । गत जेठ २६ गते धनुषाको इलाका प्रहरी कार्यलय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवश्थामा फेला परेका २४ वर्षीय शम्भु सदाको प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै उनका आफन्त सहित स्थानीयले छानबिनको माग गरेका छन् । मृतक शम्भु सदा सवारी ज्यान मुद्दाका प्रतिवादी थिए । उनको हत्याको विरोधमा मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदाय माथि प्रहरी कार्यालयमै झडप भएको थियो । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • १,६४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अछाममा एक कर्मचारीद्वारा आत्मदाहको प्रयास

    अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।  गम्भीर घाइते आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पौडेलले बताए ।  अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए ।  साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जना

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • ९०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved