स्वास्थ्य

    Showing ५११-५२० of २,६११ items.
  • ब्राउन सुगर सहित सुनसरीबाट एक व्यक्ति पक्राउ

    धरान/ सुनसरीमा विशेष सूचनाका आधारमा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ५ बजेर ३० मिनेट जाँदा ईनरुवा नगरपालिका–४ बसचोक नजिक अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट झुम्का जाँदै गरेको बा।४६ प।८४०२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो। सो क्रममा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र ब। गुरुङको साथबाट १६।३५ ग्राम ९सोह्र ग्राम तीन सय पचास मिलिग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। गुरुङले प्रयोग गरिरहेको मोटरसाइकल समेत प्रहरी

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ८४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले संयुक्त रुपमा गरेको चेकजाँचमा ४.५० ग्राम लागूपदार्थ ब्राउन सुगर  सहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार भदौ १३ गते दिउँसो करिब २ः४५ बजे इनरुवा नगरपालिका–४ बसपार्कचोकमा विशेष सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मोरङ सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज बिकलाई नियन्त्रणमा लिइएको हो। नियमित चेकजाँचका क्रममा उनको साथबाट बरामद गरिएको लागूपदार्थसहित बिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ५४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा धानबारीबाट ७५ किलो गाँजा बरामद

    सुनसरी/ सुनसरीको बर्जु गाउँपालिका–४ स्थित धान खेतबाट प्रहरीले ७५ किलो गाँजा बरामद गरेको छ। शुक्रबार  (भदौ १३) साँझ ६ः२० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सितागञ्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रूपमा खटिएको टोलीले शान्तिवन चोकदेखि करिब १०० मिटर पूर्वतर्फको कच्ची सडक छेउमा दुई बोरा गाँजा फेला पारेको हो। धान खेतमा पानीले भिजेको अवस्थामा भेटिएको गाँजाको तौल करिब ७५ किलो रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला   

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘रक्तदान जीवनदान’ अभियानसँगै सुनसरी उद्योग वाणिज्य सङ्घ ६३ औँ वर्षमा प्रवेश

    धरान/सुनसरी उद्योग वाणिज्य सङ्घले आफ्नो ६२ औँ वार्षिकोत्सव विशेष अर्थपूर्ण ढंगले मनाएको छ। ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नारासहित शनिबार धरानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको सङ्घले जनाएको छ। नवनिर्वाचित कार्य समितिले जिम्मेवारी सम्हालेपछि पहिलो गतिविधिका रूपमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान अभियान रोजेको हो। हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको निवर्तमान महासचिव महेन्द्र प्रधानले बताए। कार्यक्रममा कोसी प्रदेशका संस्थापक सभामुख प्रदीपकुमार भण्डा

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढीगंगाको नहरमा अज्ञात महिलाको शव फेला

    विराटनगर/ मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान करिब साढे ८ बजे बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार करिब ३० देखि ३२ वर्षकी देखिने महिलाको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।‘नहरमा शव बगिरहेको जानकारी पाएपछि प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । बाहिर निकाल्दा ती महिलाको मृत्यु भइसकेको अवस्थामा भेटियो,’ डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ६१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

    अछाम/ अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा मृतक कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट टिचिङको नयाँ फड्को : स्त्री तथा प्रसूति सेवाका लागि २ सय बेडसहित ५ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

    विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवामा नयाँ इतिहास रचेको छ । पूर्वी नेपालकै स्त्री तथा प्रसूति उपचारमा समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालको सेवा–सुविधालाई देशकै उदाहरणीय भन्दै प्रशंसा गरे । यो विस्तारसँगै अस्पतालमा २४ वटा अप्रेशन थिएटरमध्ये ५ वटा विशेष स्त्री तथा प्रसूति शल्यक्रिया कक्ष, ३० बेड क्षमताको डिलक्स क्याबिन, गाइनो आइसीयू तथा २ सय बेडको विशिष्ट वा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ६३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद भोगिरहेकी महिला कैदी कारागारमै मृत फेला

    विराटनगर/  विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र आफ्नै छोरीको हत्या गरेको आरोपमा जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छन् । सुनसरी बराहक्षेत्र–६ घर भएकी ३२ वर्षीया राधा भनिने राधा भट्टराई बुधबार बिहान ४ः३० बजे सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए । भट्टराईले २०८० माघ पहिलो साता दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन् । उद्धारका क्रममा उनी र छोरा सकुशल बचेका थिए भने करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेकी उनलाई अदालतले ‘कर्तव्य ज्यान’ मुद्दामा जन्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • १,१०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित महिला र पुरुष पक्राउ

    सुनसरी/  सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा दुई फरक स्थानबाट लागूऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो (आज) १२:५० बजे इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा खटिएको प्रहरी टोलीले खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल ५ पत्ता (५० पिस) र डिकोलिक ५ पत्ता (५० पिस) बरामद गरिएको छ। त्यसैगरी, आजै दिउँसो करिब १२:०० बजे इनरुवा नगरपालिका–४ बसचौकमा खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र–५ घर भएका २७ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ। उनले ढाडम

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • १,१९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्याम्पो–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    धरान/  सुनसरीको धरान–१४ बिजयपुरमा(मंगलबार) आज बिहान भएको ट्याम्पो र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिजयपुर चौकदेखि बुढासुब्बा र नारायणपुर जाने बाटोको बीच भागमा रहेको रूख नजिकै को १ ह ६०२९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान करिब १०:१५ बजे भएको उक्त दुर्घटनापछि गम्भीर घाइते मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • २,१६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved