धरान/धरान उपमहानगरपालिका–१७ मा धारिलो हतियार प्रहारका घटनामा दुईजना गम्भीर घाइते भएका छन् भने एक आक्रमणकारी खुकुरीसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार, असोज ५ गते राति करिब ८ बजेर १० मिनेटमा धरान–१७ बस्ने २० वर्षीय निशान राईमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो। आक्रमणमा धरान–१७ का २१ वर्षीय ओबिन राई, सुजन तामाङ, धरान–११ का बोबो लिम्बु र ‘हडबडे’ संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकलमा आएका थिए र आक्रमणपछि फरार भएका थिए। गम्भीर घाइते निशानलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य वि
इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम
विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो। बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि
खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ हिमाली मार्गका ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको छ। राईले बिहिबार बिहान करिब ११:४५ बजे आफ्नै घरमा गमलामा पानी हाल्न मोटर अन गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पुर्याइए पनि डाक्टरले १२:२० बजे मृत घोषणा गरेका हुन्। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इप्रका धरानबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
धरान/ धरान उपमहानगरपालिका–५ ठिङवारीकी १२ वर्षीया उपमा चुहानको उपचारकै क्रममा मृत्यु भएको छ। बुधवार बिहान करिब ९ः३० बजे आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी उपमालाई आफन्तहरूले तत्कालै पासो काटी उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुर्याएका थिए। गम्भीर अवस्थामा रहेका कारण उनलाई थप उपचारका लागि बेलुकी ६ः२० बजे विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। तर, राति ११ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उपमाको शव अहिले विराट टिचिङ अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुनसरी/जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–४ बसचौक नजिक विशेष सूचनाका आधारमा दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। बुधबार साँझ ५ बजे पक्राउ परेकामा रामधुनी–५ का १७ वर्षीय दिप्सन कार्की र इनरुवा–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन्। प्रहरीका अनुसार कार्कीको साथबाट ब्राउन सुगर १.७४ ग्राम पदार्थ र ४४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ/ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिँदै भदौ २३ र २४ गतेको आन्दोलनमा अहिले सम्म ७३ जनाले ज्यान गुमाएको पुष्टि गरे। प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन्। त्यसैगरी, नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका छन्। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव स
काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र
सुनसरी/सुनसरीको धरान उप–महानगरपालिका–१७ पटनाली बस्ने ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ। आईतबार बिहान करिब ९:१० बजे बेलपानी जंगलमा करमको रुख चढेर घाँस काट्ने क्रममा उनी लडेका हुन्। घटना भएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पोष्टमार्टमका लागि पठाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ।