स्वास्थ्य

    Showing ४७१-४८० of २,६११ items.
  • धरान मदिरा व्यवसायी संघको शुभकामना आदानप्रदान

    धरान/  विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे । नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् । जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै स

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ८१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ३४० किलो गाँजा बरामद, दुई तस्कर फरार

    सुनसरी/विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक नजिकै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। मिति २०८२ असोज १० गते राति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको BR 11 BR 7102 नम्बरको कार र नखुलेको नम्बरको २२० पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा दुबै सवारी धरानतर्फ भागेका थिए। प्रहरीको पछ्याइपछि मोटरसाइकलमा सवार चालकले कार छाडेर भागेपछि प्रहरीले कारलाई नियन्त्रणमा लिई तलासी गर्दा ११ वटा प्लास्टिकको पोकामा लुकाइएका ३४० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। बरामद लागू औषधसहितको कार नियन्त्रणमा लिएर थप अन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा टिफरको ठक्करबाट एक महिलाको मृत्यु

    धरान/धरान–८ हिमाली पेट्रोल पम्प छेउस्थित कोशी लोकमार्गमा बिहिबार दिउँसो टिफरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिफरले करिब ३४–३५ वर्षको महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते भएकी महिलालाई उपचारका लागि तत्काल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएको र दिउँसो करिब २:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। घटनास्थलमा प्रहरी चौकी धरानका प्रहरी नायब निरीक्षक छबिलाल भण्डारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो। टिफर चालक मोरङ, केरावारी गा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • १,१३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १० किलो गाँजा बरामद

    सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित झाडीमा लुकाइएका १० किलो गाँजा प्रहरीले बरामद गरेको छ। मिति २०८२ असोज ९ गते राति करिब १२:२० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले सडक छेउमा बोरा भित्र प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइ कानूनी प्रक्रिया अघि बढाइँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ६३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन ,  म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई सचेतना 

    वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ ।   खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।   बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ८५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दशैँ लक्षित बजार अनुगमन, ’फोटो सेसन’ बढी प्रभाव कम !

    धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ । तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ । अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ६९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलन: काजक्रियामा बसेका सरदार परिवारको विजोग

    इटहरी/  जेनजी आन्दोलनका क्रममा इटहरीका मोहन सरदारको मृत्यु भएको दुई हप्ता हुँदा सम्म राज्यद्धारा सहयोग गरेको छैन । मृतक परिवारजले सरकारको कुनै पनि निकायले सहयोग नगरेको परिवारले गुनासो गरेका छन् । काजक्रियामा वसेका सरदार परिवारको विजोग भएको छ ।आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई काज किरिया सहितको राहत दिने सरकारले घोषणा गरेको थियो । तर हाल सम्म कुनै पनि सहयोग नपाएको मृतक मोहन सरदारका दाजु गवनलाल सरदारले जानकारी दिए । मृतकका दाजु सरदारले भने,‘सरकारले कुनै सहयोग दिएको छैन, कुनै सरकारी मान्छे भेट्न आएको छैन ।’उनका अनुसार सङ्घीय, प्रदेश वा स्थानीय सरकारका कुनै पनि व्यक्ति

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ४०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुतिरहेको बेलामा खुकुरी प्रहार गरी हत्या, दुई पक्राउ

    झापा/  झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा सुतेकै अवस्थामा धारिलो हतियार प्रहारबाट ३५ वर्षीय फुर्वा तामाङको हत्या भएको छ। तामाङलाई स्थानीय २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिला प्रहार गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गर्ने दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएका छन्। घटनामा प्रयोग भएका धारिलाे हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १,१३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालक अपहरणपछि हत्या : ८ जना आफन्त प्रहरीकाे नियन्त्रणमा

    सिराहा/  सिराहाको गोलबजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको घटनामा अपहरणकर्ताले ५ करोड रुपैयाँ फिरौती मागेको तथ्य खुलेको छ। अभिषेक आइतबार रातिदेखि बेपत्ता रहेका उनको शव मंगलबार बिहान घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जानकारी दिए। प्रहरीका अनुसार परिवारलाई “छोरा अपहरणमा परेको” भन्दै मेसेज पठाई ५ करोड फिरौती मागिएको थियो। घटनामा संलग्न हुन सक्ने आशंकामा ७–८ जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ४६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

    मकवानपुर/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ दारिमटारमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस ठोक्किँदा ठूलो दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्। दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ५०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved