काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ संक्रमित भेटिएका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै बिहीबार मात्र ७ संक्रमित थपिएका छन् । मुलुकमा संक्रमितको संख्या २ सय ५० पुगेको छ
मड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत स
धरान/ नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो । यो सहित बुधबार (आज) मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ सरकारको पहलमा बुधबारसम्म जम्मा ११ हजार १ सय १३ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको हो । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो ।परीक्षण गरिएका नमूनामा आरडिटीतर्फका ८ हजार ६ सय ४९ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पिसिआर विधिबाट परीक्षण गरिएका मध्ये जम्मा २ हजार ४ सय १५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।यता, प्रदेश सरकारले न
वीरगञ्ज/ मंगलबार वीरगञ्जमा दुई पत्रकारका कोरोना संत्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आजमात्रै ११० जना पत्रकारहरुको नमूना संकलन गरीएको छ । नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन प्रकृया थालिएको हो । उनका अनुसार थप १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी रहेको र संकलन गरिएको स्वाबको परीक्षण नारायणी अस्पतालको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ ।
काठमाडौं-नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । कपिलवस्तु -५ का २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा कोरोना संक्रमण देखिएको हो । साथै उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरान । कोरोना संक्रमणको जोखिममा पनि बिरामीहरुको उपचारमा नर्सहरु खटिरहेका छन् । बिरामीहरुको पहिलो सम्पर्क नै नर्सहरु नै हुन्छन्, अहिले कोरोनाको संक्रमणको पहिलो जोखिम पनि नर्सहरुमा हुने गर्दछ । तर पनि उनीहरु हरपल बिरामीको स्वास्थ्य उपचारमै खटिरहेका छन् । हरेक समय बिरामीहरुको उपचारमा संलग्न रहेका नर्सहरुको सम्मानमा प्रत्येक वर्षको मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । नर्सिङका जन्मदाता फ्लोरेन्स नाइटिङगेलको जन्मदिनमा यो दिवस मनाउने गरिएको छ । उनकै सम्झनामा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । प्रत्येक वर्ष नर्सहरुका लागि विभिन्न कार्यक्रमहरु मनाइने दिवस यस वर्ष कोरोना सं
काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्
धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।
धरान– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र कोरोना संक्रमितहरुको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १