स्वास्थ्य

    Showing 2,201-2,210 of 2,412 items.
  • कोशी गाउँपालिका २ जना थपिए सँगै सुनसरीमा कोरोना संक्रमित ६४ पुगे

    धरान । कोशी गाउँपालिकामा शनिबार दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिए संगै सुनसरीमा संक्रमितको संख्या ६४ पुगेको छ । भारतबाट फर्किएर कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब परिक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सुनसरीमा अहिले पनि क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

      आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४०२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०७७
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई आयुर्वेदिक औषधि प्रदान

    सुनसरी/ वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई डा. सूर्यनारायण मेहताले औषधि हस्तान्तरण गरेका हुन् ।  औषधिमा च्यावनप्राश, गुर्जो, अश्वगन्धा चुर्ण, जडिबुटी चियालगायत होमियोप्याथिक औषधि रहेको डा. मेहताले जानकारी दिनुभयो । ६० जनालाई पुग्ने आयुर्वेदिक औषधि हाल हस्तान्तरण गरिएको छ । औषधि सेवनले क्वारेन्टिनमा बसेकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति मजबुत बनाउने र मनोवैज्ञानिक रूपमा दृढ बनाउने डा. मेहताले बताउनु भयो

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट झापाका १ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान / धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी झापाका २७ वर्षका पुरुष हुन् । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ७२ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८सय ४८ पुग्यो

    आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।   उनका अनुसार कैलालीका गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुष र कैलाली लम्किचुवाकी ४३ बर्षीय एक महिलाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार थप २ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित

    • प्रकाशित मितिः असार ४, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विहिबार पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना डिस्चार्ज

    विहिबार प्रदेश नं १ बाट पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना कोरोना संक्रमित ४० जना डिस्चार्ज भएका छन् । उनीहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४१६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् । डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्षमा पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरीका १६, झापाका ११ मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •   थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

    आज थप ५८६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार थप  १ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् ।   उनका अनुसार बाकेकी ४६ वर्षिय महिलाको उपचारको क्रममा हिजो मृत्यु भएको र उनको स्वाव परिक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा थप

    • प्रकाशित मितिः असार ३, २०७७
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि , मृतकको संख्या २० पुग्यो

    नेपालमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको । मंगलबार मृत्यु भएकी बाँकीकी एक ४६ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित बर्दियाका थप ३१ जनामा कोरोना संक्रमण प

    • प्रकाशित मितिः असार ३, २०७७
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान/  धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।  प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ १४,१५,१७ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए ।  प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११४ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ५४ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार २, २०७७
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप ३८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६५९१

    काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो । आज  थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।  

    • प्रकाशित मितिः असार २, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved