स्वास्थ्य

    Showing 2,181-2,190 of 2,528 items.
  • सुनसरीमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगे, १ सय ९ जना निको भएर घर फर्की सके

    धरान । सुनसरीमा कोरोना सन्क्रमित को संख्या १ सय ३१ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण देखिए संगै सन्क्रमितको संख्या १सय ३१ पुगेको हो । सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ । सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपीबाट थप ८ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने

    विराटनगर, १६ साउन । कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना  पुगेको छ ।  नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ५१   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मृत्यु भएका संक्रमितको शव बोक्न शववाहनका चालक सहमत

    धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका पाँच जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि

     इलाम /  इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जना मध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन । उनिहरुलाई थप उपचारका लागी मोरङको गोठगाउँमा लाने तयारी भईरहेको शसस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जँग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षा कर्मिमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यस अघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन । सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना सं

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,017 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • पीसीआर मेसिन खरिद गर्न प्रदेश १ सरकारलाई कांग्रेसको सुझाव

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ । विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदा समेत परीक्षणको दरलाई तिव्रता नदिएको भन्दै महानगरका का.वा.सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउदै स्थानी तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणको लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् । न्यौपानेले भने,“लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्क बाँड्दै, सचेतना बढाउँदै

    धरान / कोरोनाको सन्त्रास संगै धरानमा यसको असर देखे लगत्तै सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले श्रावण १५ गते धरान बजारमा मास्क वितरण गरेको छ । संघको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो। कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो । व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइक

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,590 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभामुख सहित सचिवालयको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ , नआत्तिन आग्रह

     धरान । प्रदेश १ का सभामुखको छोरामा कोरोना संक्रमण पुष्टि भए लगत्तै सभामुख सहित सचिवालय सदस्यहरुको गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । एकै परिवार भएको कारण सभामुख भण्डारीमा पनि संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो । छोराको रिपोर्ट पोजेटिभ आएपछि तत्काल सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जनाको बुधबारनै वीपी प्रतिष्ठानमा स्वाब संकलन भएको थियो । बिहिबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सभामुख भण्डारीका निजी सचिवालयले सबैको रिपोर्ट नेगेटिभ आएको ले कोही पनि नआत्तिन र ढुक्क रहन आग्रह गरेको छ । सभामुख)कै रिपोर्ट नेगेटिभ आएपछि सभामुखसँग भेटघाट गर्ने हरु चिन्तित

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २७जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  २ सय ७४  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना  पुगेको छ ।  नेपालमा हालसम्म ५२  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय  २७  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved