आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । कोरोना संक्रमित मध्ये महिला १०९ र पुरुष ३६४ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ। थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। म्यागदिको ४८ दिनको १ शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङका क्रममा जानकारी दिए । पछिल्लो २४ घण्टामा थप
धरान । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीका ३ जनामा थप कोरोना संक्रमित फेला परेको छ । विदेशबाट आएर इटहरीको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । ईटहरीका तिन जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरू कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए । उनीहरूको पिसिआर परीक्षण कोशी अस्पताल विराटनगरमा गरिएको थियो । यो सँगै सुनसरीमा कोरोना संक्रमित ९२ पुगेको छ ।
आज थप ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ। थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रस व्रिफिङका क्रममा जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १४६२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपाल
धरान/ विश्व कोरोना महामारीको विषम परिस्थितिको समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको वेला रगतको अभाव हुन नदिनका लागि धरानको लायन्स क्लब अफ धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स अफ धरानमा ६९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेलाई धरान ब्लड बैंकले धन्यवाद दिएको छ ।
विराटनगर/ प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्र
बराहक्षेत्र । सामाजिक कार्यमा अग्रणी संस्था चक्रघट्टी जेसीजले आगामी २२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ। चक्रघट्टी जेसीजको स्थापना दिवसको अबसर पारेर गर्न लागिएको कार्यक्रममा लकडाउनलाई मध्यनजर गरी सामाजिक तथा भौतिक दुरीलाई ध्यानमा राखिने चक्रघट्टी जेसीज बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए। विशेषगरी कोरोना भाइरस (कोभिड 19) संक्रमण बाट विभिन्न अस्पतालहरुमा रगतको अभाव नहोस भन्नको निमित्त रक्तदान गर्न लागिएको उनको भनाइ छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको सहकार्यमा हुने रक्तदान कार्यक्रम चक्रघट्टीमै हुने बताइएको छ। स्थानीय युवा र विभिन्न संघसंस
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा ईटहरी २० तरहराकी ३० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संत्रमित महिला केही दिन अघि भारतको बेङ्गलोरबाट आएर होम क्वारेन्टाईनमा बसेकी थिइन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।
विराटनगर । प्रदेश १ मा मंगलबार कोरोनाका ११ जना संक्रमित थप भएका छन् । यसरी थपिनेमा २ महिला र ९ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १ , कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय
विराटनगर, १५ असार । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्
धनकुटा, १५ असार ÷धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं. ७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय–पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएको छ । अब तालिम प्राप्त प्रतिनिधिहरु गाउँ–गाउँमा गएर स्वास्थ्य बीमा सम्बन्धि जानकारी गराएर बीमा गराउने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डार