धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने २जना नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानमा ३ सय २२ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा २२ ,१०८ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ ।