स्वास्थ्य

    Showing १,७०१-१,७१० of २,६२१ items.
  • कोभिड अस्पतालमा उपचार गराइरहेका इटहरी र सुन्दरहरैचाका दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी घर भएका ६२ वर्षिय र मोरङको सुन्दरहरैचा घर भएका ७९ वर्षिय दुई वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार सुनसरी इटहरीका वृद्धलाई गत जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १८ गते मात्रै कोभिड अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो । त्यसै गरि मोरङको सुन्दरहरैचा ६का ७९ वर्षिय वृद्धलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते कोभिड अस्पताल भर्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • ६२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युकेबाट आएको स्वास्थ्य सामग्री धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरकलाई हस्तान्तरण

    धरान । धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र) को पहलमा युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । युकेबाट नेपाल आईपुगेको स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिषरमा प्रदान गरिएको छ । यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको छ । अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ९०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रमितको घरमा सेनिटाइजर छर्कदै बेलबारी

    बेलबारी÷ मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवकबिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमापुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालितअभियानमामास्क सेनिटाइजर लागयतका स्वास्थय सामाग्रिहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,पिपिई पंजा,मास्कतथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ९७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितहरुको अवस्थाको बारेमा सुनसरी जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमको अनुगमन

    इनरुवा । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय  कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका पर

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ८२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ४४ जनाको मृत्यु, ११ सय ५१ सक्रिय संक्रमित

    इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा आएको २४ गते सोमबार ४० दिन पुगेको छ । एक साता यता जिल्लामा निषेधाज्ञालाइ खुकुलो बनाइए संगै केहि मात्रामा विकाश निर्माणका कामहरू अघि बढेका छन भने स्थानीयहरूको जनजिवन पनि थोरै सहज बन्दै गएको छ । जिल्लामा ब्यापार ब्यवसाय, शैक्षिक गतिविधि ठप्प भएपनि कोरोना संक्रमणको दर दैनिक घटदै गएको पाइएको छ । जिल्लामा निषेधाज्ञा जारी भएको ४० दिन पुगिसक्दा सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ७५९ पटक पढिएको
    • "तेजबहादुर बन"
  • धरानका ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु

    धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आज देखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए । मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ७०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाविरुद्धका चाइनिज खोप लगाउन शुरु

    विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १,११२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका ३ खोप केन्द्रवाट कोभिड १९ विरुद्धको खोप दिइने

    इटहरी /  सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ९९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधार्न नागरिक दबाव सञ्जालको एक हप्ते अल्टिमेटम

    धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थाले पछि धरान नागरिक दबाब संजालले एक हप्ते अल्टिमेटम सहित अवश्था सुधार्न ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धराने नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दल, सामाजिक संघसंस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पुर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा संजाल गठन गरेको थियो । संजालले आज प्रतिष्ठानका चारै जना पदाधिका

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • १,०९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने

    विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • १,५४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved