स्वास्थ्य

    Showing १,५९१-१,६०० of २,६२१ items.
  • बिराटनगरमा २१ वर्षीय युवाको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

    विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • २,०९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण

    धरान । सामुदायिक कुकुरहरुको संख्या बढ्दौ जा“दा धरानमा समस्या हुन थालेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । मंगलबारदेखि एक हप्ता चल्ने बन्ध्याकरण शिविरमा अहिले धमाधम कुकुरको बन्ध्याकरण गरिदैछ । धरान उमहानगरपालिका र मिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ड) नेपालको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको हार्ड नेपालका सञ्चालक खगेश्वर भट्टराईले बताए । उनले भने–‘सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर ग री हामीले बन्ध्

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १,१०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भ्रुण हत्या दुखःद छ’

    धरान । गर्भावस्थामै पुरुष की महिला पहिचान गरि भ्रुण हत्या गर्ने अहिले पनि भइरहेको बताउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखःद भएको बताएका छन् । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवश्यक भएको बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १,१५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘नोबेल मेडिकल कलेजलाई कार्वाही हुन्छ’

    धरान । नेपाल चिकित्सा आयोगले विराटनगरमा रहेको मेडिकल कलेजलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । चिकित्सा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबल मेडिकल कलेजले विद्यार्थीको होस्टेलको वहानामा बढी रकम लिएको पाइएको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत कलेजले वेवास्ता गरेको भन्दै कलेजलाई कार्वाही भन्दा अर्को विकल्प नरहने बताएका हुन् । प्रा.डा. गिरीले सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिबद्धता जनाउदै भने, ‘छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको, छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन मिल्दैन ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १,७२१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरोद्धारा महिला खेलाडीलाई पोशाक वितरण

    धरान । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विराटनगरको न्यूरोे क्रिकेट महिला खेलाडीहरूलाई पोषाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई पोशााक वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई पोशाक वितरण गरेको हो । हस्पिटलकातर्फबाट मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले उनीहरुलाई पोशाक वितरण गरेका थिए । खेलप्रगित अभिरुची बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोषाक वितरण ग

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • १,३९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोर्डले भुक्तानी नदिँदा प्रतिष्ठान समस्यामा

    धरान/ नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वीमावापत दिइने रकम निकासा नहुदा वीमा सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम दिएको छैन । रकम निकासा नगरेपछि विमा सेवा बनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिष्ठानले बीमा बोर्डलाई वीमा वापतको रकम दिन बोर्डलाई पत्र समेत पठाइसकेको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विमा रकमको विषयमा बोर्डमा आफै गएर भन्दा पनि अहिलेसम्म रकम नदिएको बताए । उनले भने–‘म आफैं काठमाडौँ पुगेर भने तर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • ९७९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गाउँमा अझै स्वास्थ्यको पहुँच छैन्’

    धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् । केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २,०६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्या न्यूरोमा निःशुल्क ओपीडि

    धरान  । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १,१८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाडजोर्नीको उपचारमा न्यूरो अस्पताल

    धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ९७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा यौन सम्बन्धी रहेका भ्रम जानौ

    काठमाडौं । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा के

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १,२६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved