धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्था
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुका वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रो
धरान/ शनिबार धरान–१४ विजयपुरमा पेटको रोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।शिविर नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे । धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए । समाजका केन्द्रीय अध्यक्ष महेश
धरान/ पञ्चायती शासन व्यवस्थाका समय ज्यानको बाजी थापेर संगठन निर्माण गर्ने अग्रजहरुको सम्मान र इतिहासको सम्झना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार सांझ देशव्यापी दिप प्रज्वलन गरेकोछ । धरानमा पनि सांझ ७ बजे भानुचोकमा संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भ पारेर दिप प्रज्वलन गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा सयौँको संख्यामा मजदुरहरुको सहभागीतामा दिपप्रज्वलन गरि अग्रजहरुको सम्मान र इतिहासको सम्झना गरिएको हो । धरानको मुख्य चोकमा रहेको भानुभक्तको शालिक अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लोगोलाई रंगीविरंगी अविरको सहायतामा कलात्मक लोगो बनाइ दिप
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी, साना सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर वितरण सुरु गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मुल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण सुरु गरेको हो । नगरपालिकाको कृषि बिकाश शाखामा किसानहरुले दिएको निबेदनका आदारमा आर्थिक बिकाश समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताईन् । त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिंचाई स्यालो टुबवेल र ४४ व
धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेकाछन् । संगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको थियो । सोही अनुरुप आइतबार भानुचोकमा रक्तदान ककार्यक्रम गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानी
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । शुक्रवार मधुवन स्थित बडा कार्यालयमा एक अैापचारिक कार्यक्रम आयोजना गरेर वडामा रहेका १७ जना स्वास्थ्य स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई वडा अध्यक्ष कृष्ण कुमार महतोले साइलक हस्तान्तरण गरेका हुन् । वडा सचिव पंकक रामका अनुसार वडाको १ लाख ४३ हजार बजेटबाट स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई साइलक उपलब्ध गराईएको हो । ग्रामिण इलाका तथा सामाजिक तथा आर्थिक रुपमा बिपन्न परिबारको घर- घरमा पुगेर वालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा स्वास्थ्य स
धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् । शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका
ताप्लेजुङ/ ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बाढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए । “बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० पर
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । वडा नं १ स्थित धलपुजे टारीटोलमा रु ६६ लाख ७० हजार दुई सय ७२ को लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो