मोरङ / समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको
इलाम / धेरै जसो इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाउने गरेका छन् । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको छ ।सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्रीको त्पादन सिधै कृषकले नै पाउनुपर्छ भन्ने मूल उद्देश्य लिएर उद्योग सञ्चालनबाटै उत्पादन
धरान /सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्
धरान / व्यस्त जीवनशैली, अस्वस्थ खानपिनसँगै व्यायमको अभावका कारण दिनप्रतिदिन शारीरिक तथा मानसिक रोगीको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाका वडाहरुले स्वास्थ्य जीवनयापनको लागि धमाधम व्यायामशाला निर्माण गर्न थालेका छन् ।धरान उपमहानगरपालिका वडा नं. १३ बाट सुरु भएको यो अभियान त्यसपछि धरान १८, धरान १४, धरान ७ मा खुल्ला व्यायामशाला निर्माण भएका छन् । पछिल्लो समय धरान १६ ले समेत व्यायामशाला निर्माण गरेको छ ।धरान उपमहानगरपालिका वडा नं. १६ ले धरान रंगशालाको गेट अगाडि व्यायामशाला निर्माण गरेको हो । व्यामशालाको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले गरेका छन् । स्वस्थ जी
धरान/धरान मेघा हिमालयन कलेजमा होटल व्यवस्थापन सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू विशेष जापानी परिकार बनाउने कला सिक्न नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने भएका छन् । विद्यार्थीहरूको टोली बुधबार (फागुन ९) त्यसतर्फ प्रस्थान गर्ने मेघाका होटल व्यवस्थापन सङ्काय प्रमुख पोषण श्रेष्ठले जनाए । उनीहरूलाई होटल व्यवस्थापनमा उत्कृष्ट प्रयोगात्मक प्रशिक्षण दिने गरेको कलेजमा लगिने श्रेष्ठले बताए । पाठ्यक्रममा समावेश प्रयोगात्मक कार्यबाहेक वाइन सेंसोरी (वाइन मेकिङ), बारटेन्डिङ कार्यशाला, वाइन कार्यशालाजस्ता विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको कलेजमा लगिनेछ । उनीहरूलाई नेपालकै प्रसिद्
धरान/धरान–१८ स्थित माउन्ट हर्मोन एकेडेमीका विद्यार्थीहरू शुक्रबार साँझ शान्तियात्रामा सहभागी भएका छन् । केही दिनअघि टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका हजारौँ नागरिकहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूले हातमा बलेको मैनबत्ती बोकेर शान्तियात्रा गरेका हुन् । विद्यालय प्राङ्गणबाट सुरु भएको यात्रा बुद्धचोक, रत्नचोक हुँदै विद्यालयमै पुगेर टुङ्गिएको थियो । शुक्रबार नै सुरु भएको दुईदिने चौथो हर्मोनिज स्काउट क्याम्पको क्रममा उनीहरूले शान्तियात्रा गरेका हुन् । त्यसपछि सुरु भएको ‘क्याम्प फायर’ को उद्घाटन नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकार
सुनसरी / प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालयदेखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिए । विदेशमा विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले बताउदै नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियोे । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिति सिर्जना भइरहेकाले पछिल्लो समय सड
धरान / धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए । आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।समाजमा सुनसरी अध्यक्ष श्रीकुम
धरान / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत्पत्ति भएको रातको नामबाट नामकरण भएको मानिन्छ । कालरात्री, मोहारात्री, सुखरात्री र शिवरात्री मध्ये एक पवित्र पर्वको रुपमा शिवरात्रीको वर्णन पुराणमा वर्णन गरिएको पाइएको छ । धर्म र आस्थाप्रति सर्वसाधारणको चासो र रुचि बढेकै कारण यस्ता पर्वहरु सर्वसाधारणले रुचिका साथ मनाउने प्रचलन छ । यसै क्रममा धरानको पिण्डेश्वर मन्दिरमा समेत बुधबार अत्यधिक भीड रहेको थियो ।महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान् शिवको फाल्गुण कृष्ण चतुर्दशीका
धरान/वडास्तरबाट बालबालिकाको क्षमता विकासका लागि वडा बाल सञ्जाल गठन गरिएको छ । सोही अनुरुप ती बालसञ्जालले विविध कार्यक्रम गर्दै आएको छ । शारदा बालिकाको ज्योतिपुञ्ज बाल क्लब र वडाबाल सञ्जाल धरान १६ को संयुक्त आयोजनामा बुधबार बालिका स्टार सिजन थ्रीको आयोजना गरेको छ । प्रतियोगितामा जेनिथ इङ्लिस बोर्डिङ स्कुल र चन्द्र संस्कृत माविका विद्यार्थीले २–२ प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गरेका छन् । शारदा बालिका मावि, सिद्धार्थ स्कुल र पूर्वाञ्चल बाहिरा विद्यालयले १–१ प्रतिस्पर्धामा प्रथम भए । शारदा बालिका नमूना माविको परिसरमा आयोजना भएको सो प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकको प्रत