विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवस मंगलबार मनाएको छ । उक्त अवसरमा कजेजका उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित भएका छन । सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा रहेका छन भने कर्मचारी तर्फ अनिल कणर् र दामोदर कोईराला सम्मानित भए छन । उनीहरुले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा .डा. कृष्ण पोखर
बिराटनगर / बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धब कुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ । बिराटनगर १६ मा रहेको ऋषिदेव बस्तीका ६० घरपरिवारलाई झुल बितरण गरिएको थियो भने सचेतना कार्यक्रममा जनस्वास्थका क्षेत्रमा कार्यरत जीवन कुमार यादबले डेङ्गु बाट कसरी बच्न सकिन्छ । कस्ता किसिमको सावधानी अपनाउनु पर्छ, डेङगु फैलन सक्ने कारण के– के हुन डेङगु लागेपछि गर्नु पर्ने उपचार, कसरी यस बाट जोगिन सकिन्छ भन्ने बारेमा स्थानिय भाषामा प्रस्तुती दिएका थिए कार्यक्रम संयोजक
विजयपुर / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम लिए पछि धरानका अधिकांश घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका
बिराटनगर / बिराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई साउन १५ का दिनबाट खिर खुवाएर साथै लत्ता कपडा बितरण गरेर साताब्यापी कार्यक्रम जेसीजले सुरु गरेको हो। बिराटनगर वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमा बुवाहरु संग आत्मीय बिहानी कार्यक्रमको आयोजना गरेकोमा आफु एक्दमै खुसी महसुस गरेको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा आफूहरु समेत जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नु गरेका छन ।त्यस्तै गरी दोश्रो कार्यक्रम शैक्षिक कोशेली बितरण कार्यक्रम बिराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालवालिकाहरुलाई अध्ययन गर्ने मदनआध
बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन गरेको छ । सो अभिमुखिकरण तालिम प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सोमबार संचालन गरिएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभाग
धरान/ बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo
धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग प्रशिक्षण कार्यक्रम गरेको एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए
विराटनगर/ दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह
धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ । सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो । विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd
विराटनगर। विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट स