धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको २०७६ को एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आग्रह गरेको छ । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो । प्याब्सन द्वारा जारी विज्ञप्तीमा, यस वर्षको परिक्षामा सामेल हुने विद्यार्थीहरूका लागी मात्रै लागु हुनेगरी विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न
धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।
सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरका मानिस देख्नासाथ डराउने मनोविज्ञान ठिक नभएको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको ‘भर्चुअल प्रेसमिट’मा मन्त्री घिमिरेल उदयपुरका मानिस देख्नासाथ हुने डराउने र गरिने व्यवहारबारे आफूँ जानकार भएको बताए । भने,‘‘उदयपुरका मानिस देख्नासाथ अन्यत्रका मानिस डराउने गरेका समाचारहरुमा पनि हेर्छु । सुन्छु तर यो ठिक होइन ।’’ मन्त्री घिमिरेले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा मात्र संक्रमण सीमित रहेको र त्यसलाई प्रदेश सरकारले अन्यत्र फैलनबाट रोकिराखेको सुनाए । ‘&lsquo
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले १ महिना अघि देखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा मार्फत प्रयोग गर्न सकिने छ । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिह
लकडाउनका कारण सबै क्षेत्र ठप्प भइरहेको छ । शैक्षिक क्षेत्रहरु सबै बन्द भएका छन् । विद्यार्थीहरुलाई पठ्न पाठनमा सहजता होस भन्दै लकडाउनको समयलाई सदुपयोग गर्दै सिद्धार्थ शिशु सदनले ईकक्षा सञ्चालन गरिरहेको छ । उक्त इ–कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीहरुले समय सुविधा अनुसार सिद्धार्थ शिशु सदनको फेसबुक पेज मार्फत अध्ययन सामाग्री डाउनलोड गर्न सक्ने छन् । विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै कक्षा अनुसार समुह विभाजन गरिएको र त्यसै अनुसार अध्ययन सामाग्री उपलब्ध गराइएको विद्यालयका शिक्षा निर्देशक विकास सोनीले जानकारी गराए । इकक्षामा चार सय पचास विद्यार्थीहरु सहभागी रहेको समेत जानकार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्
काठमाडौं - अनलाईन कक्षा शुरु गर्ने तयारीमा रहेको त्रिभुवन विश्ववद्यालयले आफ्नो लोगो र मिल्दो जुल्दो नाम राखेर खोलिएका सबै प्रकारका सामाजिक सञ्जाल र वेभ साईट सञ्चालन नगर्न सचेत गराएको छ । विश्वविद्यालयका नाममा दजनौं फेसबुक र ट्वीटर ह्याण्डल सञ्चालनमा छन् । यसले गर्दा आधिकारिक सामाजिक सञ्जाल कुन हो भन्ने बारेमा विद्यार्थी बिच अन्यौल उत्पन हुने र अनलाईन कक्षा सञ्चालनमा समेत बाधा पुग्ने ठानेर विश्वविद्यालयले सचेत गराएको हो । रजिष्टारको कार्यालय अन्र्तगतको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना निकाल्दै विश्वविद्यालयको आधिकारिक लोगो प्रयोग गरी सामाजिक सञ्जालमा एकाउण्ट खोल्दा भ्रम सृजना भएको र यसल
काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै रोकिएको पठनपाठनलाई अनलाईन मार्फत सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले अनलाईन कक्षा सञ्चालन निर्देशिका जारी गरेको छ । कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालनको चरण, आचार संहिता र कारबाही सहित तयार उक्त निर्देशिकाको आधारमा कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।निर्देशिकामा उल्लेख आचार संहिता र कारबाहीमा सम्बन्धित बाहेकका कक्षामा सहभागी हुन शिक्षकलाई रोक लगाउने व्यवस्था गरिएको छ । 'कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षा