नाम मिल्ने गरी सामाजिक सञ्जाल र साईट सञ्चालन नगर्न सचेत

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं - अनलाईन कक्षा शुरु गर्ने तयारीमा रहेको त्रिभुवन विश्ववद्यालयले आफ्नो लोगो र मिल्दो जुल्दो नाम राखेर खोलिएका सबै प्रकारका सामाजिक सञ्जाल र वेभ साईट सञ्चालन नगर्न सचेत गराएको छ ।

विश्वविद्यालयका नाममा दजनौं फेसबुक र ट्वीटर ह्याण्डल सञ्चालनमा छन् । यसले गर्दा आधिकारिक सामाजिक सञ्जाल कुन हो भन्ने बारेमा विद्यार्थी बिच अन्यौल उत्पन हुने र अनलाईन कक्षा सञ्चालनमा समेत बाधा पुग्ने ठानेर विश्वविद्यालयले सचेत गराएको हो ।

रजिष्टारको कार्यालय अन्र्तगतको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना निकाल्दै विश्वविद्यालयको आधिकारिक लोगो प्रयोग गरी सामाजिक सञ्जालमा एकाउण्ट खोल्दा भ्रम सृजना भएको र यसले विश्वविद्यालयको प्रतिष्ठामै आँच आएको भन्दै त्यस्ता कार्य नगर्न सचेत गराएको छ । विश्वविद्यालयका आधिकारिक निकायले सञ्चालन गरेका बाहेक अन्य व्यक्ति, समूह र संस्थाबाट सञ्चालन गरिएका त्यस्ता एकाउण्ट तत्कालै हटाउन भनिएको छ । अझै पनि विश्वविद्यालयको लोगो वा आधिकारिकतासँग मेलखाने गरी नक्कली एकाउण्ट लगायतका अनलाईन वेभसाईट सञ्चालन गरेको पाईएमा कानूनी कारवाही प्रक्रिया अघि बढाईने विश्वविद्यालयले चेतावनी दिएको छ ।

कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै रोकिएको पठन पाठन नियमिकत गर्न विश्वविद्यालयले अनलाईन मार्फत् कक्षा सञ्चालनको तयारी गरेको छ । अनलाईन कक्षा सञ्चालनका लागि विश्वविद्यालयले हालै जारी गरेको निर्देशिकामा कुनै पनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीले फेसबुक लगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृती विना राख्न वञ्देज लगाईएको छ ।

 

साभारः एडुखबरडटकम 

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved