विराटनगर । १ नम्बर प्रदेशका उद्योगी तथा व्यवसायीले बैंक ब्याजदरमा ५ प्रतिशत घटाएर ऋण प्रवाह गर्न सरकार समक्ष माग गरेका छन् । सरकारले ब्याजदरमा २ प्रतिशत घटाउने निर्णय गरेको छ तर व्यवसायीले भने उद्योग र व्यवसाय बचाउने त्यो पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन । अहिले चल्तीमा रहेको बैंक ब्याजदरमा ५ प्रतिशत घटाउन भन्दै प्रदेश १ का उद्योग संगठन, व्यापार संघ तथा वस्तुगतसमेत ४२ वटा संघले सरकारको ध्यानाकर्षण गरेका हुन । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङको अगुवाईमा प्रदेशभरका व्यवसायिक संघले प्रधानमन्त्री केपी शर्मा ओली, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेपाल राष्ट्र बैंकक
धरान / कोभिड १९ को लकडाउनका बिच धरानमा आज शनिबार अन्तराष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरीकाले मनाइएको छ । विशेष गरी धरान नगर सहकारी समन्वय समितीको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ । धरान नगर सहकारी समन्वय समिती र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान ९ मा समन्वय समितीको कार्यालय स्थापन गर्ने सहमती जुटेको छ । कोष नभएकाले कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजारको दरले सहयो
धरान । दुबै मृगौला खराब भएकी धरान १४ कि सपना लिम्बू लाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । धरान–१४ की मिर्गौला रोगी सपना लिम्बूलाई सपना लिम्बू बचाउ अभियान समितिले संकलन गरेको ४ लाख २५ हजार ६ सय रुपैयाँ प्रदान गरेको हो। धरान १५ स्थित रामलक्ष्मण मार्गमा बस्दै आएकी लिम्बुलाइ अभियानले ९ लाख ८३ हजार ५४० रुपैयाँ संकलन गरेर सहयोग गरिसकेको अभियन्ता देउमान लिम्बुले बताए । २३ वर्षीया लिम्बूको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चिकित्सकले मिर्गौला फेर्नुपर्ने अवस्था रहेको जानकारी दिएपछि उनलाई बचाउन अभियान थालिएको हो । प
धरान । जन्मदै देखि मलद्वार बन्द हुने समस्याबाट पिडित बनेका धरान ६ पानवारीका प्रसान्त मुदेलको शल्यक्रिया पछि घर फर्किएका उनलाई थप औषधी उपचारका लाई ५५ हजार २ सय ६६ रुपैया सहयोग प्रदान गरिएको छ । होप धरानको पहलमा मुदेलको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । क्लोसट्रोमी रोगबाट पिडित बनेका उनको प्रतिष्ठानका विशेषज्ञ चिकित्सक राजेश शाहको टोलिले शल्यक्रिया गरेको थियो । उनको उपचारका लागि संकलन भएको रकम मध्ये बाँकी रहेको ५५ हजार २ सय ६६ रुपैया औषधीका लागि दिइएको होप धरानका संयोजक निश्चल पलिखेले बताए । उनका अनुसार प्रशान्तको उपचारका लागि १ लाख ५३ हजार ५ सय ७० रुपैया
धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुलि चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुलि भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पा
लकडाउनमा बन्द रहेको यातायातका सवारी साधनहरु अहिले खुकुलो मात्रामा संचालन हुन थाले पछि पेट्रोलियम पदार्थमा पनि मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।निगमले मंगलबार मध्यराति गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प
विराटनगर । विराट व्यापार संघले विविध कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजन थापाले जानकारी दिए । संघले विराटनगर बसपार्कमा विगत लकडाउनका कारण समस्या परी लामो समयदेखि बस्दै आएका मजदुरहरुलाई खाद्या सामग्री पनि वितरण गरेको छ । यसैगरी विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मन्दिर अगाड दीप प्रज्वलन गरेको छ । त्यस अवसमार उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शुभकामना दिएका थिए । संघले भर्खरै सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपील सन्तोष खड्कालाई
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए । चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि र पर्यटनको प्रशस्त संम्भावना र
धनकुटा/ धनकुटाको पाख्रीबास नगरपालिकाले कफी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ । चालु आर्थिक वर्षदेखि शुरु गरेको कफी खेतीको लागि नगरपालिकाले निति तथा कार्यक्रममा नै कफी पकेट क्षेत्र घोषणा गरेर आर्थिक वर्ष २०७७/०७८ मा छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरेको छ । यस बर्ष नगरपालिकाले नर्सरी व्यवस्थापनामा करिब पाँच लाख बिरुवा उत्पादन गर्ने गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाई प्राथकितामा राखिएको पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ष बहादुर राईले बताए । उनले भने–‘नर्सरीबाट बिरुवा उत्पादन हुन करिब १५ महिना लाग्छ । १५ महिन
धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि नगरको पाँचौ नगरसभामा उपप्रमुख मञ्जु कार्की अधिकारीले महालक्ष्मी नगरपालिकाले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बराबरको बजेट ल्याएको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पु¥याएको हो । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुनाले त्यो बाहेक संघ