अर्थ

    Showing 21-30 of 1,064 items.
  • वराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब ३ करोड

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाले १८ औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड दिएको छ । "  प्राबिधिक शिक्षा , एआई प्रबिधि , शिक्षकहरुलाई प्रशिक्षण , दिघो भौतिक संरचना निर्माण , एम्बलेन्स र शव वाहन परिचालन र व्यवस्थापन

    • प्रकाशित मितिः असार १०, २०८३
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला : तीन दिनमै ५४ गाडी बिक्री

    इटहरी/ इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार ९जेठ १३ गते० सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ। मेलाअन्तर्गत ग्राहकका लागि विभ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला सुरु

    इटहरी/ इटहरीको राजस्व ढाटस्थित पारसअटोमोबाइल, जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताद्वारा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला भव्य रूपमा सुरु गरिएको छ। जेठ १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा आकर्षक सुविधा सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत ५ वर्षसम्म निःशुल्क पेट्रोल, दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म नगद छुट, न्यूनतम डाउन पेमेन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी, नागरिकता र सव

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सडक र फुटपाथमा लोकल कुखुरा बिक्रीमा रोक

    धरान/ धरान उपमहानगरपालिकाले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा लोकल कुखुरा बिक्री वितरणमा रोक लगाएको छ। शुक्रबार धरान–९ स्थित पूर्णपथ क्षेत्रमा सडक पेटीमा राखेर बिक्री भइरहेको लोकल कुखुरा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो। बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेपछि यस्तो कदम चालिएको हो। पछि व्यवसायीसँग सहमति भएपछि नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उनले बताए। उपमहानगर र व्यवसायीबीच घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन मिलाउने

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई ठूला सहकारीमा साढे १२ अर्ब अपचलन, पीडितको रकम डुब्दा सरकार रमिते

    धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ। मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन। बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ। दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उजाड डाँडामा हरियाली : बसाइँसराइले सुनसान बनेको बन्दुकेडाँडा अहिले कृषि सिकाइको केन्द्र

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका–३ स्थित कुरुले तेनुपाको बन्दुकेडाँडा कुनै समय बसाइँसराइका कारण सुनसान र उजाड बनेको थियो। “यहाँ केही सम्भव छैन” भन्ने सोचले छाडिएको यही डाँडा अहिले भने हराभरा बगैँचा र कृषि सिकाइ थलोको रूपमा चिनिन थालेको छ। तीन दशकसम्म ओझेलमा परेको बन्दुकेडाँडालाई स्थानीयवासी लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी र दीर्घमान तामाङको समूहले नयाँ जीवन दिएका हुन्। उनीहरूले २०७३ सालमा “तमोर पर्माकल्चर सिकाई थलो” स्थापना गरेपछि यहाँ कृषि क्रान्तिको सुरुवात भएको हो। अहिले यो क्षेत्र बसाइँ सरेर गएकाहरूलाई समेत पुनः गाउँ फर्किने आशा

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षदेखि अलपत्र पुल , श्रमदानबाट उठ्दै, सरकार मौन: 'माग्दा पनि पाएनौँ सहयोग'

    धरान/  धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ। २०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्। पुल अभावमा  दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

    धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ। पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचान

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान, ५ सयभन्दा बढी लाभान्वित

    धरान/  “स्मार्ट मनी टक” भन्ने नारासहित ग्लोबल मनी विक २०२६ को अवसरमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा साता व्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले विद्यार्थी, युवा र समुदायलाई लक्षित गर्दै व्यापक प्रभाव पारेको बैंकले जनाएको छ।बैंकले आफ्ना शाखा कार्यालयमार्फत धरान, तरहरा, चतरा, कालाबन्जर, अमरदह, उर्लाबारी तथा शनिश्चरे लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै वित्तीय ज्ञानको पहुँच विस्तार गरेको हो। अभियान अन्तर्गत ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्राहक आकर्षणको केन्द्र बन्यो टिभिएस मेला : भोलि अन्तिम दिन

    इटहरी/ नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित ‘टिभिएस एक्सचेञ्ज म्यानिया’ मेला भोलि (शुक्रबार) सम्पन्न हुँदैछ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको मेलाले छोटो समयमै उत्साहजनक सफलता हासिल गरेको छ। पाँच दिनको अवधिमा ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् भने पुराना सवारी साटेर नयाँ किन्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउँदा ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा र इन्जिनमा आजीवन वारेन्टीसम्म पाउने व्यवस्था ग

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved