समाज

    Showing ७०१-७१० of ७,१०९ items.
  • धरानमा प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिता

    धरान ।र्याडिकल लाईट नेपाल प्रा.लि.धरानको आयोजनामा धरान उप–महानगरव्यापि अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।  आईतवार धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा छनोट चतरण सम्पन्न भएको हो । धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।    फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती माबि पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.बि.का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा.बि.का सार्थक निरौला र स्वेच्छ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यराति स्कोरपिओ दुर्घटना : ४२० किलो गाँजा बारमद

    विराटनगर/  विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको छ । दुर्घटनाको सूचना पाउ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ८३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–४ मा एमालेको घरदैलो अभियान सुरु, सूर्यमा मतदान गर्न वडा अध्यक्षको आह्वान

    धरान/ पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।    शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघिय निर्वाचन हो । यो वडा एमालेको आधार भएकाले सूर्य चिन्हमा मतदान गर्न राईले वडावासीलाई आह्वान गरे ।  उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • ६७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो सहभागितामै प्लानिङ्ग ब्वाईज युनाइटेडलाई बुढासुब्बा गोल्डकपको उपाधि

    धरान/पहिलो पटक सहभागिता जनाएको प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँले २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा अपि पावर चर्च ब्वाइज युनाइटेड ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै प्लानिङ्गले डेब्यूमै उपाधि उचाल्न सफल भयो। धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षण दोस्रो हाफमा आयो। खेलको दोस्रो हाफको १७औँ मिनेटमा जर्सी नम्बर ७ का प्रताप सिंह राईले गरेको शानदार गोल नै प्लानिङ्गका लागि जित सुनिश्चित ग

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ७३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसओएस हर्मन माइनर माध्यमिक विद्यालयको २९औँ अभिभावक दिवस सम्पन्न

    इटहरी/ इटहरी उपमहानगरपालिका–१६, बालग्राममा अवस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले आफ्नो २९औँ अभिभावक दिवस समारोह उल्लासमय वातावरणमा भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी विशेष अतिथि रहनुभएको थियो भने वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख प्रकाश खरेल, विभिन्न विद्यालयका

    • प्रकाशित मितिः फागुन २, २०८२
    • १,८८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३१ औं जनयुद्ध दिवसमा धरानमा रक्तदान, १०१ पिन्ट रगत सङ्कलन

    धरान/ नेपाली कम्युनिष्ट पार्टी धरान नगरको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको स्मरण तथा सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन गरिएको नगर संयोजक उद्धव बहादुर लिम्बुले जानकारी दिए। शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रम सुनसरी क्षेत्र नं १ का नेकपा उम्मेदवार मनोज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार भट्टराईले १० वर्षे जनयुद्धकै कारण देशमा ऐतिहासिक परिवर्तन सम्भव भएको उल्लेख गरे। उनले जनयुद्धपछि दलित, महिला तथा जनजाति स

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ४२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    धरान/सुनसरीकाे धरान१६ मा अवस्थित नवोदय विद्या मन्दिर इङलिस बोर्डिङ स्कुलको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको कला, प्रतिभा, शैक्षिक उत्कृष्टता र सांस्कृतिक प्रस्तुतीले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघाले वार्षिकोत्सव वर्षभरिका उपलब्धिको सार्वजनिक प्रस्तुति भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूमा देखिएको आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा गर्दै भन्नुभयो, “एक नम्बर अंक ल्याउने तर मान–मर्यादा र संस्कार नभएको विद्यार्थीको सफलताको अ

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ७६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दैं

    धरान/ सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्।   रामधुनी -६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन २०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ । यहाँलाई यहाँका जनताले भोट हाल्ने छन् ।   उम्मेदवार लिम्बूका अनुसार, रामधुनी(७ को मुसहर बस्तीमा १०० भन्दा बढी घरहरू जनआवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेका छन्। यी घरहरूको निर्माणले त्यहाँका गरिब र पिछडिएका समुदायल

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ४७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित दुई पक्राउ

    धरान/  सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १० सेवालुङ चोकमा प्रहरीले भैरहेको लागूऔषध कारोबारमा दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।११।०१ गते बिहान ०९:४५ बजे अस्थायी प्रहरी चौकी श्यामचौकबाट खटिएको टोलीले सन्दिप राईको कोठामा चेकजाँच गर्दा ट्रामाडोल २०८ क्याप्सुल र स्पास्पेन २०८ ट्याब्लेट फेला पारेको छ। साथै,  कारोबारमा संलग्न भुमिका बर्देवालाई  समेत पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा लागूऔषध आपूर्ति शृङ्खला अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप : चर्च ब्याइज युनाइटेड फाइनलमा प्रवेश

    सुनसरी/  चर्च ब्याइज युनाइटेड काठमाडौ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । निर्णायक ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार र

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved