पहिलो सहभागितामै प्लानिङ्ग ब्वाईज युनाइटेडलाई बुढासुब्बा गोल्डकपको उपाधि

  • फागुन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/पहिलो पटक सहभागिता जनाएको प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँले २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ।

शनिबार भएको रोमाञ्चक फाइनलमा अपि पावर चर्च ब्वाइज युनाइटेड ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै प्लानिङ्गले डेब्यूमै उपाधि उचाल्न सफल भयो।

धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षण दोस्रो हाफमा आयो।

खेलको दोस्रो हाफको १७औँ मिनेटमा जर्सी नम्बर ७ का प्रताप सिंह राईले गरेको शानदार गोल नै प्लानिङ्गका लागि जित सुनिश्चित गर्ने गोल बन्यो। उक्त गोलसँगै रंगशालामा उपस्थित दर्शक उत्साहले भरिएका थिए।

चर्च ब्वाइजले बराबरी गोल फर्काउने प्रयास गरे पनि प्लानिङ्गको सुदृढ रक्षा पंक्तिले त्यसलाई विफल पार्यो। अन्ततः एक गोलको अग्रता जोगाउँदै प्लानिङ्गले प्रतियोगितामा नयाँ विजेताको नाम थप्न सफल भयो।

उपाधिसँगै प्लानिङ्ग ब्वाईज युनाइटेडले ट्रफीसहित नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइज युनाइटेडले ट्रफीसहित पाँच लाख रुपैयाँमा चित्त बुझायो।

फाइनल खेलका नायक बनेका जर्सी नम्बर ७ का प्रताप सिंह राई ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँबाट पुरस्कृत भए। पहिलो सहभागितामै उपाधि जित्दै प्लानिङ्गले बुढासुब्बा गोल्डकपमा आफ्नो बलियो उपस्थिति दर्ज़ गराएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिंह राई घोषित भए ।उनलाई होण्डाको डियो स्कुटर पुरस्कार प्रदान गरिएको थियो ।

हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्व्रय राजेश दाहाल,एरोन थापामगर घोषित भए । उनीहरूले समान २÷२ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कारबाट दामसाहीरुपमा १२÷१२ हजार प्रदान गरिएको थियो ।

त्यस्तै गरी प्रतियोगिताको वेस्ट गोल किपर प्लानिङका योगेश धिमाल,वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले,वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

यस्तैगरी कपुरी न्युजकी पत्रकार रश्मी प्रधानले उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेकी छन्। उनलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।

गोल्डकप प्रतियोगिताभरि उत्कृष्ट समाचार लेखन मार्फत पत्रकारितामा योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै कपुरी न्युजकी पत्रकार प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved