समाज

    Showing 4,731-4,740 of 5,296 items.
  • विजयपुरका सबै मन्दिरहरु मंसिर ६ गते सम्म बन्द

    धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोराना उपचारको लागि इटहरीमा एकै दिन चारवटा स्वास्थ्य भवनको शिलान्यास

    इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ । कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएक

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालय परिसरमै होटल रेष्टुरेन्ट,सुर्तीजन्य पदार्थको कुलतमा विद्यार्थी

    धरान । सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् । विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानी

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,486 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको बजेट अनुसारको सुविधा दिन सामाजिक विकाश मन्त्रीको निर्देशन

    विराटनगर । प्रदेश सरकारले बजेट दिए अनुसारको अस्पतालहरुले सेवा सुविधा देखिने गरि दिनु पर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 890 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साल्बोटे डाँडाको पहिरो रोकथामका लागि डिपिआर बन्दै

    धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    धरान नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द«देव शाक्य नियुक्त भएका छन् । त्ततकालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,466 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिक २३ गते देखि प्रदेश एकमा अनिश्चितकालिन यातायात बन्दको घोषणा

    इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ । महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,463 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोन संक्रमितको उपचारमा खर्च सहयोग गर्ने

    धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 810 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • अस्ताए धरानका हस्ती

    धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 4,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधारका लागि दबाब समुहले बुझायो अवधारणा पत्र,एक साता भित्र सुधारको महशुष गर्न सकिने उपकुलपतिको प्रतिबद्धता

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको बेथिती लगायत स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित वीपी प्रतिष्ठान सुधार दबाब समुहले प्रतिष्ठानको समस्या र समाधान सहितको अवधारणा पत्र बुझाएको छ । प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालिन र दिर्घकालिन निती तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको हो । समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित ४ जना मुख्य पदाधिकारीहरुको उपस्थितीमा उपकुलपतिलाई अवधारणा पत्र बुझाएको हो । अवधारणा पत्रमा विशेष गरेर

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved