समाज

    Showing 4,631-4,640 of 5,286 items.
  • बिहिबारदेखि धरानका विद्यालयहरु सञ्चालन हुने

    धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् । उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना म

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षा समितिको बैठकपछि विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा ‘सर्च अपरेसन’

    विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेको आशंका प्रहरीले गरेको छ । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट पनि चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन संचालन गर्ने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिका

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ संसदको हिउँदे अधिवेशन डाक्न ढिलाई संसदीय समितिहरु सुस्त, सरकार जनताका समस्या सुन्दैन

    विराटनगर । जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकार समक्ष पु¥याउन संसदमा जनताको बोली बोल्छन । तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन । संसद अधिवेशन नचल्दा सरकारलाई खबरदारी गर्ने ‘मिनी संसद’ भनिने संसदीय समिति पनि निष्कृय छन । प्रदेश १ मा सातवटा संसदीय समिति छन । तर, यिनको सक्रियता विगतदेखि नै हुन सकेको छैन् । अहिले कोरोना महामारीका कारण स्वास्थ्य सेवाको सवालमा जनताले दुःख पाईरहेका भएपनि समस्याहरु सरकारसम्म पु¥याउने माध्यम नै नहुँदा जनसरोकारका विषय ओझेलमा परेक

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 653 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • ‘संघीयता नै विकाश र समृद्धिको आधार’ : मुख्यमन्त्री राई

    धरान । प्रदेशको सरकारको तिन तहको संरचना बने पछि देशमा समृद्धि र विकाश सम्भव भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । देशको समृद्धि र विकाश संघीयताकै कारण भइरहेकोमा उनले जोड दिएका छन् । बेलका नगरपालिकामा निर्माण भएका भौतिक संरचनाहरुको उदघाटन गर्दै मुख्यमन्त्री राईले विकाश र पुर्वाधारका लागि काठमाण्डौंको सिंहदरबार पुग्नुपर्ने बाध्यताबाट हटेर स्थानीय तहबाटै विकाश सम्भव बनाएको बताए । उनले भने, एउटा सानो झोलुंगे पुल बनाउनका लागि दशौं वर्ष सिंहदरबारमा धाउनुपथ्र्यो, मन्त्री, सचिवको ढोका ढकढकाउनु पथ्र्यो र पनि बन्दैनथ्यो अहिले सहज भएको छ, देश संघीयतामा गए पछि विकाश सम्भव भएको हो ।&

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अबस्था कमजोर भएकी पाँचथरकी सितालाई सहयोग प्रदान

    धरान । आर्थिक अबस्था कम्जोर भएर उपचारमा समस्या भागीरहेकी पाँचथरकी सिता राई शेर्पालाई धरानका युवा समाजसेवि दिपक घिसिङको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यानसरको उपचार गराइरहेकी पाँचथरकी सितालाई महिला सञ्जाल धरानकी अध्यक्ष चेतनाश्रेङको संयोजकत्वमा गठित आर्थिक सहयोग गरेका हुन् । सितालाई मंगलबार एक कार्यक्रम आयोजना गरि  संघिय सांसद माननिय जय कमार राईको आतिथ्यमा सामुहिक रुपमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाई ८८४८.८६ मिटर

    धरान  विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । यो सगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ .८६ मिटर कायम भएको छ । चीन र नेपालको संयुक्त रुपमा मापन गरेको नयाँ नाप आज एक कार्यक्रमको आयोजना गरि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा गिरएको हो । चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो । यसअघि स

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 643 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर गाउँपालिकाद्वारा अपाङ्गता दिवसको अवसरमा ६ जना फरक क्षमता भएका ब्यक्तिहरु पुरस्कृत

    धनकुटा÷ छथर गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अपाङ्गता दिवसको अवसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट एक÷एक जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्योगी, दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो । सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं. १ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहेका छन् । गाउँपालिकाका अ

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 876 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानको पहिलो चौमासिक निराशाजनक: कुल बजेटको १६ प्रतिशतमात्रै खर्च

    धरान । अल्पमतका मेयर र बहुमतको उपमेयर सहित कार्यपालिका सदस्यहरु बिच हुने आन्तरिक द्वन्दले धरान उपमहानगरपालिकाको बजेटनै प्रभावित भएको छ । एका तिर असार २८ गते नगरसभाले पारित गरेको निति तथा कार्यक्रम अहिले सम्म प्रमाणित हुन सकेको छैन् भने अर्को तिर नयाँ योजनाहरु नै कार्यान्यवनमा आउन सकेको छैन् । निति तथा कार्यक्रम कार्यान्यवनमा ढिलाई हुँदा धरानको पहिलो चौमासिक खर्च निराशाजनक रहेको छ । पहिलो चौमासिक सकिदा धरान उपमहानगरपालिकाले कुल बजेटको १६ दशमलव ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विभाजन गरिएको चौमासिक अनुसार पहिलो चौमासिकमा ३३ प्रतिशत खर्च हुनुपर्ने हो । तर चालु वर्षको पहिलो चौमासिक खर्च कुल

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बलात्कार मुद्दामा पक्राउ परेका सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ

    धरान। आफ्नै महिला अनुवायी महिला माथि बलात्कार गरेको मुद्धामा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । सोमबार सुनसरी जिल्लाका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरिलाई सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको दर्ताै नगरि सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको लोगो दर्ता पछि चिया टेस्टिङ केन्द्र बन्दै

    इलाम । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन चियाको नेपाली लोगो दर्ता भए पछि चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भए पछि चिया किसानहरु हर्षित भएका छन् । चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नवित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेस्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । चिया रोपणको लामो समयपछि एकै साथ यी दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका हुन् । विश्वका दुईदेश भारत र अमेरीकामा लोगो दर्ता सम्झौता भई अन्य देश सँगको सम्झौता अघि बढिरहेको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 760 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved