धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् । राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए । छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए । ग
इलाम/ दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सडक अब एक वर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ । तिन खण्डको रूपमा रहेको सडकको दमक देखिको पहिलो खण्ड आगामी वैशाखमा र बाँकी दुई खण्ड एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी सहमति भएको हो । काम गर्दा गर्दै निर्माण कम्पनीले छोडेर भागेपछि सडक अलपत्र बनेको सडक स्थानीय सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरी एक वर्ष भित्र पुरै काम सम्पन्न गर्ने गरी सहमति गरेको हो । बुधवार सडक सम्बद्ध सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै क
इटहरी / इटहरी नगर सभा स्थगित भएपछि यो विषयले नयाँ मोड लिएको छ । नगर सभा स्थगित हुनुको कारण लाई लिएर विभिन्न टिका टिप्पणी भईरहेका छन् । चर्चा उपर्चा हुन थालेका छन् । नगर सभा स्थगित गर्नुको कारणका विषयमा फरक फरक कुराहरु बजारमा आउन थालेपछि उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । मुख्य रुपमा नगर सभा स्थगित गर्नुको कारण, करको विषयमा देखिएको विवादका विषयमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । कर वृद्धिको विषय नगर सभाले पास गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । नगर प्रमुख पौडेलले भने, ‘आर्थिक ऐन २०८०/८१ को अस्वभाविक कर वृद्धिको कुरा आउने वित्तिकै आम
ओखलढुङ्गा/ ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक
काठमाडौँ/ कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए । ‘मृतक पुरुष २१ वर्षका रहेका छन् । छातीमा रातो डाम देखिएको छ’, उनले भने, ‘अस्पतालमा ल्य
धरान\ सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो. हटाएर किराती राजा यलम्बरको फोटो.झुण्ड्याएका छन् । अन्य स्थानीय तहको भन्दा पृथक काम गरेकै कारण अहिले सबैतिर चर्चाको विषय बनेको छ । धरानको खानेपानी समस्या समाधान गर्ने एजेण्डा बोकेर निर्वाचित भएका मेयर राई समय समयमा विवादमा तानिइरहेका छन् । खानेपानी समस्या समाधानसँगै श्रमसंस्कृतिको विकास गर्ने लक्ष्य लिएका राइले उपमहानगरपालिकाको उनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो झुण्ड्याएका छन् । गत बुधबार राती उनले
इटहरी\ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउ
विराटनगर/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीको सरकार लाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिएको छ । कोशी प्रदेश सभाको बुधवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारको कार्यशैली यस्तै रहे एमाले चुप लागेर बस्ने अवस्थामा नरहेको बताए । मुख्यमन्त्री कार्कीको ७५ दिन पुगिसकेको अवस्थामा सरकार सञ्चालन गर्ने तौर तरिका नै विधि सम्मत नभएको एमालेको भनाई छ । ९ वटा मन्त्रालय मध्ये केही मन्त्रालय बाहेक मन्त्रीहरू नियुक्त गर्न नसकेको, प्रदेश सभालाई नियमित संचालनको लागि बिजनेस दिन नसकेको, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ५ पटकसम्म प्रदेश सभा सञ्चालन, त्यहाँ भित्
धरान/ संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन अझ पेचिलो भएर जाने बताएका छन् । उनले यसका लागि पहिचानवादी शक्ति एक ठाउँमा उभिएर संघर्ष समिति नै बनेर चरणवद्ध आन्दोलनमा उत्रिइसकेको अवस्थामा यो आन्दोलत अझ पेचिलो भएर जाने बताएका हुन् । अध्यक्ष लिङदेनले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अबको लडाई अस्तित्वको लडाई भएको बताए । उनले भने, ‘हाम्रो आन्दोलन विगत १८ बर्षदेखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ ससक्त बनाउन प्रदेश नं. १ स्तरीय संघर्ष समिति गठन भएको छ, यसमा पहिचानवादी सबै एकै ठाउँमा छौं, यो समितिका हाम्रो भूमिका
विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले सन्चार बिधेयक पेस गरे तयारी भएको बताए । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए । बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको