सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ । ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो । उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ससुरा रामदेव उराँव, सासु छव
धरान । वर्षा शुरु भए सँगै खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गर्छन् । वर्षाले घर बगाउँला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीमो जोखिममा रहेका सुकुम्बासी बस्ती जोगाउने नारा अहिले सम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जिते पछि बस्ती जोगाउनका लागि तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन् । वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरु वर्षा लागे पछि रातभर जागै बस्नु पर्ने अवश्थामा छन् । वर्षौ देखि चुनावी नारा बन्ने गरेको बस्ती जोगाउने नारामै सिमित रहँदा सुकुम्बासी बस्ती वासीहरु सदैव जोखिममै रहने गरेका छन् ।
धरान/ बैदेशिक रोजगार बाट फर्किएर क्वरेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितहरू धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३७ वर्षीय पुरुष बराइनबाट आएका हुन भने धरान ८ का २५ वर्षीय पुरुष र धरान ५ का २६ वर्षीय पुरुष साउदीबाट एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । बराइनबाट २२ गते र साउदीबाट २३ गते नेपाल आई पुगेका उनीहरू चतरामा रहेको होल्डीङ सेन्टर हुँदै धरान १७ को एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकटे क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले कमै रोप्ने ५ वटा अत्याधुनिक मेसिन सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ । परम्परागत कृषि खेती प्रण
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना डिस्चार्ज भएका छन् । उनीहरु ४देखि ४७ बर्ष सम्मका व्यक्तिहरु झापाका १० जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ३ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १०, १७१८, र २२ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३५ जना उपचाररत छन् भने २२७ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,१६४ पिसि आर परिक्षण गरिएको छ ।&nb
धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप
आज थप ११८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११८ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेरुदण्डको संरचना (Vertebral Column) मानव शरीरमा मेरुदण्डको (Vertebral Column) तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ : गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई , ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ । इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई (Height) बढाउन मदत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई क
पथरी / उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेको निर्माणाधीन भवनको कार्य तीब्रतर ढंगले अघि बढेको छ । स्थानीय व्यापारी–व्यवसायी, उद्योगी–उद्यमी र सरकारको बेलाबेलामा प्राप्त सहयोगबाट सम्पन्न यो भवनको पहिलो तला छत ढलान कार्य यहीँ असार २९ गते सोमबारका दिन हुने भएकोले सोहीअनुसार तयारी कार्य अघि बढेको भवन निर्माण उपसमितिका संयोजक यादवचन्द्र दुलालले उजागर अनलाइनलाई बताउनुभएको छ । सरस्वती गेस्ट हाउस, मन्दिर लाइनमा चल्दै आएको उद्योग वाणिज्य संघको कार्यालय भवनको विकल्पका रूपमा संघको अध्यक्षमा निर्वाचित भएलगत्तै स्थानीय स्तरमा सफल व्यापारी व्यवसायी व्यक्तित्व दीपक बस्नेतले आफ्नो कार्यकालमा वाणिज्य
धरान/ बिहिबार देखि परेको निरन्तर को वर्षाले सप्तकोशी नदिको बहाव बढदै गएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार सुक्रबार बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । यस बर्ष कै उच्च मापन गरियको छ । यसअघि असार १२ गते पनि कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ । कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्