समाचार

    Showing 8,991-9,000 of 10,054 items.
  • धरान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी मोरङकी एक वृद्धाको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेकी मोरङ कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । मोरङ बुढीगङगा २ की एक ६७ बर्षीया वृद्धाको सोमबार राती मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेजबाट रेफर भएर आएकी थिइन । सोमबार साँझ ४ः४५ वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रिफर गरेको थियो । मृतक वृद्धालाई दिर्घकालिन रोग मुटुको उपचार भईरहेको डा।सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु

    धरान / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ। विक्रम संवत १९९६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्। घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १ जनाको मृत्यु

     दुहबी /सुनसरीको बर्जु गाउँपालिका-५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,193 पटक पढिएको
    • "चन्दन रौनियार"
  • कोरोनाको कहर वीच कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन ।

    धरान/ कुशे औशी तथा बुवाको मुख हेर्ने दिन हिन्दुहरुका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरुका लागि महत्वपूर्ण पर्व हो । तर यस वर्ष कोरोनाको कहरका कारण सधैको वर्ष भन्दा खल्लो भएको छ । लकडाउनका कारण सँगै बस्ने बाहेक अन्य नगरमा हुने हरुले बुवालाई भेटेर मुख हेर्न पाएनन् । आमा र बुवाको मुख हेर्ने दिन मनाउने प्रचलन साहै नै महत्वपूर्ण छ । कुशे औशी र बुवाको मुख हेर्ने दिन पारिवारिक मर्यादाका र सामाजिक सद्भाव दृष्टीकोणले पनि महत्वपूर्ण छ । कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पर्दछ । पुरोहित बाजेलाई यजमानहरुकोमा कुश पु¥याउन जान पनि गाह्रो भएको छ । जनमान्हरुले प

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,283 पटक पढिएको
    • " – मोहन श्रेष्ठ"
  • विराटनगरमा स्वाब संकलन पुनः सूचारु

    विराटनगर । विराटनगरमा रोकिएको स्वाब संकलन मंगलबारबाट शुरु भएको छ । तीन दिनअघि खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकिएको थियो ।महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार नयाँ मेडिकल टिमले पुनः स्वाब संकलन सुरु गरेको छ । महानगरले आफ्ना तीनवटा आईसोलेसन सेन्टरमा संक्रमितलाई राखिरहेको छ । बैजनाथपुर, मारवडी सेवा सदन र कालिमन्दिरको कालि सेवा सदनमा आईसोलेसन बनाइएको छ । महानगरबाट दैनिक २ सयसम्म वाब संकलन हुन्छ ।

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने

    विराटनगर, १ भदौ । प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १ सय ३९ संक्रमित थपिए

    विराटनगर, २ भदौ । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थान

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

    विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने

    धनकुटा, २ भदौ / लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ । लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएकाले व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले यस आर्थिक बर्षको सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय संचालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 772 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • जातीय भेदभाव विरुद्घ यामकलाले गरीन मूद्घा दर्ता

    इलाम / जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,161 पटक पढिएको
    • "भगीरथ भण्डारी "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved