समाचार

    Showing 8,811-8,820 of 10,053 items.
  • प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने

    विराटनगर, भदौ १८ / कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन गर्नुभएको छ । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिचाई सहित सरकारी सेवा सुविधाको माग गर्दै इनरुवामा किसान आन्दोलित

    सुनसरी । सिचाई सुविधाको माग गर्दै सुनसरी सदरमुकाम इनरुवा ६ मधेसाका सयौं किसान आन्दोलित बनेका छन् । किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर, कुलो पैनी सफाई लगायत किसानहरुले पाउनु पर्ने सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै किसानहरु वडा कार्यालयनै घेराउ गरेका छन् । सुनसरीको सदरमुकाम इनरुवाका वडा नम्बर ६ का किसानहरुले करिव ४ सय ५० हेक्टर जग्गामा धानबाली लगाएका छन् । धानबाली पहेलो भइसक्दा पनि मल पाएका छैनन् भने सिचाईको पानी समेत उपयोग गर्न पाएका छैनन् । सुनसरीको सदरमुकाम इनरुवाको वडा नम्बर ६ का किसानहरुले बन्दाबन्दीको प्रवाह नगरी ७ सुत्रिय माग सहित आन्दोलनमा उत्रिएका छन् । वार्ड कार्यालयले कुनै

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजविराजका २ संक्रमितको मृत्यु

    धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो । साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । १.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,275 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बालिका बलात्कारको आरोपीत गिरफ्तार

    धरान । सुनसरीको धरानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी भन्ने उजुरीको आरोपमा प्रहरीले बालिका बलात्कार गर्ने युवकलाई गिरफतार गरेको हो । प्रहरीले धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई भदौ १७ गते गिरफ्तार गरेको छ । लिम्बुले ती बालिकालाई गत भदौ १४ गते आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि भदौ १७ गते दिउँसो ईलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाइकल ठक्करबाट मृत्यु भएकी वृद्धाको पहिचान खुल्यो

    धरान । गत मंगलबार सवारी दुर्घटनामा परि ज्यान गुमाएकी वृद्ध महिलाको पहिचान खुलेको छ । उनी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ८१ वर्षि लक्ष्मीमाया तामाङ रहेको खुलेको हो । उनलाई मंगलबार राती करिब साढे ७ बजेको समयमा धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अघि मोटरसाइकलले ठक्कर दिएको थियो । को ८ प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार रातीनै मृत्यु भएको थियो । मृत्तकलाई उनका छोरा चन्द्र बहादुर तामाङले सनाखत गरि शव बुझिलिएको प्रहरीले जनाएको छ । सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ । &nbs

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,105 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १२ सय २८ जनामा कोरोना संक्रमण , ९ सय १७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १८ बिहीबार १६:२२:५४ प्रकाशित /  आज थप १२ सय  २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय  ७७ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २५७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७   जना रहेका छन् ।  बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्त

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 642 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटल प्रिमियरमा खुल्यो कक्षा ११ को भर्ना

    इटहरी । होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन हुँदै आएको इटहरी स्थित होटल प्रिमियर स्कुलले कक्षा ११ का लागि भर्ना खुल्ला गरेको छ । स्थापनाको छोटो समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाएको स्कुलले अनलाईन प्रक्रियाबाट भर्ना लिन खुल्ला गरिएको संचालक सुनिल भुषालले बताए । विहिबार आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमा यसै सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न ऐच्छिक बिषयहरू राखेर बजारको उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालको भनाइ छ । प्रिमियर स्कुलले विद्या

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ८ सय ५२ पुगे, ३ सय ९४ जना निको भएर घर फर्के

    धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेका छन् । उनीहरु मध्ये ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ५२ जना अझै उपचारमै रहेका छन् । जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार विगत २४ घण्टामा सुनसरीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुने हरुमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएकाले कोरोनाको जोखिममा रहेका शहरहरुमा संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।  

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधाज्ञा खुकुलो भए पनि इटहरीमा अपेक्षित रुपमा व्यवसाय खुलेनन्

    इटहरी । जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीबार बिहान ७ बजेदेखि १० बजे सम्म जिल्ला भरीका ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि धेरै जसो व्यवसायीहरूले अपेक्षित रुपमा व्यवसाय खुल्ला गरेनन् । चाडपर्वको मुखमा तिन घण्टा समयसिमा तोकेर ब्यवसाय गर्न प्रशासनले दिएको अनुमति ब्यवसायी देखि स्थानीय सरकार सम्मले असन्तुष्टी जनाउदै आएका छन् । इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले छोटो समय तोकेर ब्यवसाय खोल्दा भिडभाड बढने र त्यसले जोखिम बढाउने हुँदा प्रशासनले साँझ ५ बजे सम्म सुरक्षा सतर्कता अपनाएर ब्यवसाय सुचारू गर्न पाउनुपर्ने धारणा राखेकि छिन् । त्यस्तै इटहरी उद्

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 994 पटक पढिएको
    • "तेजबहादुर बन "
  • शर्मा अध्यक्ष बनेपछि काठमाडौ मेडिकल कलेजमा ओपीडी निःशुल्क

    काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिने गरेको थियो । तर, बिहीबारबाट लागू हुने गरी ओपीडी निःशुल्क गरिएको अस्पतालले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै ओपीडी निःशुल्क गर्ने गरिएको बताएका छन । शर्माले भने,“बिरामीहरुलाई उपचारमा सहुलियत होस भनेर ओपडी निशुल्क गर्न निर्णय गरेका हौं ।”काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेको छ । दुवाकोटमा पनि ओपीडी निशुल्क हुने शर्माल

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved