समाचार

    Showing 8,571-8,580 of 10,052 items.
  • थप १९ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९ हजार ७ २७पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९११ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५७ हजार ३८९   जना पुगेको छ भने मृतकको संख्या ५ सय ९  पुगेको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास कार्यक्रमका लागी १२ वडामा एक करोड २३ लाख रुपैयाँ

    इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,016 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इटहरीमा साता दिन विद्युत अवरुद्ध हुने

    इटहरी । रानी विराटनगर हुँदै इटहरी, धरान सडक परियोजना अन्र्तगत सडक बिस्तारका क्रममा इटहरीमा बिद्युत सेवा अवरुद्ध हुने भएको छ । ईटहरीमा सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने भएको हो । असोज १६ गते देखि २२ गते सम्म इटहरीको साथि पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बिजुली अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इटहरीले जनाएको छ । ११ के भि इटहरी फिडवार तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ति भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने भएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 3,250 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन वर्षमा चार प्रमुख प्रशासकीय फेरीए, ‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी जानै मान्दैनन फाकफोकथुम

    इलाम  / ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयान्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्व

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 764 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको वडा १५ को कार्यालय १ हप्ताको लागि बन्द, उपमहानगरपालिकाको सुचना र घरनक्शा शाखा सिल

    धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो । वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ । त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई सं

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्व पर्यटन दिवसमा दिगो पर्यटनबारे अन्तरक्रिया हुने

    धरान । खेल पर्यटन मार्फत दिगो पर्यटनबारे पर्वतीय खेलकुद महासंघले एक अन्तरक्रिया आयोजना गर्न लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर महासंघले प्रदेश नं. १ समितिले जुम मार्फत अन्तरक्रियाको आयोजना गर्न लागेको हो । टोकियो मेट्रोपोलिटनका प्राध्यापक विष्णु खनाल, टे«किङ एजेन्सी एशोशिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा, सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई तथा साहसिक पर्यटनका कलमकार विराट अनुपमले खेल पर्यटनले दिगो पर्यटन निर्माण हुने विषयमा प्रवचन दिने भएका छन् । नेपालभरिका सरोकारवालाहरु सहभागी हुने अन्तरक्रिया कार्यक्रमले पर्वतीय क्षेत्रमा खेल मार्फत पर्यटन विकास र समृद्धिबारे

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडकै कारण बन्द भए विराटनगरका दुई चर्चित होटेल

    विराटनगर । ४१ वर्षे इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेल ले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो । यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेल को सेवा र आयसमेत प्रभावित बन्न पुगेको छ । नमस्कार होटेल का संचालन युनेश श्रेष्ठले तत्काललाई होटेल ले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्का

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरिमा २ जना कोरोना संक्रमितको मृत्यु

     इटहरी/  सुनसरीको इटहरीस्थित चर्चीत पराजुली होटलका सञ्चालक शिव पराजुलीको कोरोना संक्रमण संगै निमोनीयाका कारण बिहीबार मृत्यु भएको छ । पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोभिड १९ असपतालमा मृत्यु भएको हो । पराजुलीलाइ स्वास प्रस्वासमा समस्या देखिए पछि उनको असोज १४ गते बुधबार बिराट मेडिकल कलेजमा पिसिआरबाट स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट कोरोना पोजेटिभ देखिएसंगै सो मेडिकलले बिरामीलाइ धरान स्थित बिपी प्रतिष्ठान धरानको कोबिड १९ असपतालमा रेफर गरेको थियो ।   पराजुली इटहरी स्थित क्षेत्रीय रंगशालामा र्निमाण भएको आइसोल

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा बालिका बिक्रि गर्न लाने गिरोह पक्राउ

    धरान । बलिका लागि नेपाली चेलिहरु भारतमा लगेर बिक्रि गर्ने गिरोह सुनसरीमा सक्रिय हुँदै गएको पाइएको छ । सुनसरीका खुल्ला सिमानाका बाट विभिन्न प्रलोभनमा पारेर नेपाली महिलाहरुलाई बिक्रि गर्न लैजाने गरेको पाइएको हो । पुजाको बहानामा भारतमा बिक्रि गर्न लैजाने गरेको पाइए पछि प्रहरीले पनि सक्रियता बढाए सँगै गिरोह पक्राउ पर्न थालेका छन् । केही दिन अघि सुनसरी स्थित रामधुनी नगरपालिकाकी एक बालिकालाई बलि दिन लादै गर्दा प्रहरीले उनको उद्धार गरेको थियो । पुनः बुधबार दुई जना महिलालाई पुजाको बहानामा भारत तर्फ लादै गरेको अवश्थामा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ । सप्तरीका दुई महिलालाई भारतको भीमनगरमा पूजा छ भन्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइपिएल सट्टेबाज पक्राउ

    विराटनगर । क्रिकेटको चर्चित टी–२० श्रृखंला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइन मार्फत बोल कबोल गराई सट्टेबाज खेल खेलाउने तीन जना पक्राउ परेका छन । अनलाइन मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाईल फोन मार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाईन मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved