धरान । सरकारले शनिबार घोषणा गरेको बजेट बक्तव्यमा साल्ट ट्रेडिङ तथा खाद्य संस्थानबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर खाद्य संस्थान र साल्ट ट्रेडिङ नभएका जिल्लाका स्थानीयहरुलाई उपलब्ध गराउने भन्ने विषयमा केही पनि उल्लेख नहुँदा पहुँच भएका स्थानका नागरिकले मात्रै सुविधा पाउने देखिएको छ । सरकार मातहतमा रहेको खाद्य संस्थान तथा साल्ट ट्रेडिङ प्रदेश नम्बर १ को विराटनगरमा मात्रै रहेको छ । सरकारको बजेटमा ‘सरकारले घोषणा गरेको लकडाउन अवधिभर खाद्यान्नहरुमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, न
सुनसरी । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको अनुमानित बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै कुल बजेटको ४१ दशमलव २ प्रतिशतले हुने ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैया चालु तर्फ खर्च विनियोजन गरेको छ भने पुँजिगततर्फ २२ दशमलव ७ प्रतिशतले हुने ३ खर्ब ४७ अर्ब २६ करोड रुपैया विनियोजन गरेको छ । त्यस्तै वित्तिय व्यवस्था तर्फ कुल बजेटको १२ दशमलव ६ प्रतिशत २ खर्ब ७ अर्ब ९७ करोड रुपैया विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए । प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण तर्फ रु. ३ खर्ब ८६ अर्ब ७१ करोड २३ दशमलव ५ प्रतिशत
सुनसरी । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । कृषि प्रवद्र्धनका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन गरेको छ । त्यसै गरि उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन गरेको छ भने दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बनाउँदै गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ ।
सुनसरी । कोरोना महामारी नियन्त्रणमा सरकारले ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोभिड अस्पताल स्थापना, स्तरोन्नति, अक्सिजन प्लान्ट स्थापना लगायतका लागि बजेट अभाव नुहुने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षमा सबै नागरिकका लागि निशुल्क कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारले राखेको बताउँदै खोप व्यवस्थापनका लागि बजेटमा २६ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार
धरान । एक साता देखि प्रत्यक्ष सेवा प्रवाह बन्द गरिएका धरानका बैंक तथा वित्तिय संस्थाहरुले भोलि देखि हप्ताको तिन दिन सम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले तेस्रो चरणको जेठ २२ गते सम्म पुर्ण रुपमा लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकाले बैंक तथा वित्तिय संस्थालाई मात्रै खुल्ला गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले सुचना जारी गर्दै हप्तामो ३ दिन २ बजे सम्म खुल्न पाउने गरिको व्यवस्थापन गर्न बताएका छन् । उनले भने, ‘सरकारले तोकेको स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु पुरा गर्दै बैंक तथा वित्तिय संस्थाहरुले सेवाग्रा
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातका वाख्राहरु स्थानीय किसानलाई बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण गरेको हो । ५२ वटा पाठा र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष
धरान । गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ बनाएर देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आग्रह गरेका छन् । उनले आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गरेका छन् । उनले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् । मेयर राईले हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानमा सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन समेत नगरवासीमा आग्रह गरेका छन् । सन्देशमा उनले गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन पनि अपिल गरेका छन् । शुभ
धरान । संसद विघटन भएकाले प्रिबजेट छलफलै नगरी सरकारले निती तथा कार्यक्रम बिनाको बजेट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारी बिच आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट करिब १६ खर्बको हुने भएको छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदैछ । संविधान अनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघ
सुनसरी । खाँदबारी ३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई सुटुक्क खोप दिइएपछि सर्वसाधारणले अवरोध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिषरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन । पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खोप लगाउन जस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो खेप कोभिसिल्ड लाउन पर्खाईमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन । नेकपा