बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातका वाख्राहरु स्थानीय किसानलाई बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण गरेको हो । ५२ वटा पाठा र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।
एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए ।
अनुदानमा पाएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
बोयर जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै खाले घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिको मोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो समयमा फाइदा दिने पशुप्राविधिकहरु बताउँछन ।
पाठा पाठी पाएपछि कृषकहरु पनि खुशि भएका छन । अष्ट्रेलियालाई बोयरको प्रजन्न केन्द्रका रुपमा मान्ने गरीन्छ । बेलबारीमा ब्याबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले आय आर्जनमा ठुलो राहत मिल्ने बताए ।
माछा, दुध तथा अण्डामा आत्मनिर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्मनिर्भर बनाउने जनाएको छ । निषेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा नै पाठा पाठी पुर्याईदिएको छ ।