समाचार

    Showing 681-690 of 10,001 items.
  • एम्बुलेन्समै गाँजा ओसार–पोसार: ३३ किलोभन्दा बढी लागूऔषधसहित दुई जना समातिए

    मोरङ/ मोरङको जहदा गाउँपालिका–३ मा एम्बुलेन्समार्फत ठूलो परिमाणमा गाँजा ओसार–पोसार हुँदै गरेको छ भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति गरेको छापामा ३३ किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र लुकाइ–छिपाइ गरिएको ३३ किलो ६१० ग्राम गाँजा फेला पारिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। गाँजा बरामदसँगै एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेन–जी आन्दोलनका क्रममा लुटिएको हति*यार झाडीमा फेला, अझै २२ नाल बेपत्ता

    झापा/  झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ। मिति २०८२ साल कातिक १९ गते साँझ करिब ४:४५ बजे प्रहरीले फेला पारेको उक्त हतियार इन्सास नम्बर ०३११००८७२ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हतियारसँगै एक थान म्याग्जिन, १९ राउण्ड सावुत गोली र २ राउण्ड बेसावुत गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार गत असोज २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको  पुष्टि भएको छ। बरामद हतियारलाई प्रह

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिर्तामोडमा अदुवा खोलामा डुबेर २ वर्षका बालकको मृत्यु

    बिर्तामोड/ झापा बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय बिक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी बुधबार बिहान घर नजिकैको अदुवा खोलामा डुबेको अवस्थामा फेला परेका हुन्। बालकलाई उनका हजुरबुबाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका छन्। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमा

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटा–भोजपुरमा प्रहरीले हजारौँ गाँजाका बोट फडानी गरी नष्ट गर्‍यो

    विराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेको छ। अभियान अन्तर्गत कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ का विभिन्न क्षेत्रमा फैलिएको करिब ५ रोपनी जमिनमा उम्रिएका ९ हजार ५ सय वटा गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको जनाएको छ। त्यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न पा

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीको ममतामय पहल : टिफिन खर्च बचत गरी माया घरका आश्रितलाई खाजा खुवाए

    इटहरी/ इटहरीस्थित सी.बी. स्कुलका विद्यार्थीहरूले मानवीय करुणाको अद्भुत उदाहरण प्रस्तुत गरेका छन्। आफ्नै टिफिन समयमा खाने खाजाको खर्च जोडेरे उनले माया घर नेपालमा आश्रित १४५ जनालाई एक दिनको खाजा खुवाएका छन्। दैनिक रु. १०, २० देखि ५० सम्म बचत गर्दै विद्यार्थीहरूले संकलन गरेको रकमबाट बुधबार माया घरका आश्रितहरूलाई खाजा खुवाए। सानै उमेरमा सामाजिक उत्तरदायित्वप्रति यस्तो चेतना देखाएकोमा उनीहरूको प्रशंसा हुँदैछ। सोही अवसरमा विद्यार्थीहरूले इटहरी–२, आयुर्वेदिक टोलस्थित १०८ शिवलिङ्गको दर्शन गर्दै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मलद्वारभित्र लुकाएर ब्राउन सुगर ओसार्दै गर्दा युवक पक्राउ

    सुनसरी/  विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले लागूऔषध ब्राउन सुगर ओसार्ने युवकलाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ लौकही बजारमा चेकजाँचका क्रममा धादिङ थाक्रे गाउँपालिका–६ का ३० वर्षीय विष्णु अधिकारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अधिकारी दक्षिणतर्फबाट उत्तरतर्फ पैदल आउँदै गर्दा चेकजाँच गर्दा उनले मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । बरामद गरिएको उक्त पदार्थको तौल ९.९४ ग्राम (नौ ग्राम नौ सय चालिस मिलिग्राम) रहेको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

    धरान/ सुनसरीको धरान–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिकै लागुऔषध कारोबार हुँदै आएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लक्ष्मण परियारको घरमा मङ्गलबार राति करिब ९ बजेर २० मिनेटमा गरेको खानतलासीका क्रममा ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई, र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्। उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा १०८ शिवलिङ्ग स्थापना सहितको श्रीमद्भागवत सत्सङ्गमा १ हजारभन्दा बढीले पाए निशुल्क स्वास्थ्य सेवा

    इटहरी/ कोशी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापनासँगै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रद्वारा आयोजित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम पाँचौँ दिनसम्म आइपुग्दा १ हजारभन्दा बढी भक्तजनले निशुल्क स्वास्थ्य सेवा लिएका छन्। गत कात्तिक १४ गतेदेखि सुरु भएको श्रीमद्भागवत कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको निशुल्क स्वास्थ्य शिविरमा इटहरी आइडल ग्रुपले प्रेसर, सुगर, मुटु, पेटलगायत रोगहरूको चेकजाँच र परामर्शका साथै केही औषधिसमेत वितरण गर्दै आएको छ। ग्रुपका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठका अनुसार दैनिक झण्डै १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर सेवा दिइरहेको छ। धार्मिक व

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘परान’ ले हल हल्लायो : पारिवारिक भावनाले दर्शकलाई रुवायो

    धरान/  हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ। वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्। ‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी,

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर/  जिल्ला अदालतमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमल साहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूलाई विराटनगर–५ स्थित सम्झना चोकको भाडाको कोठाबाट पक्राउ गरिएको हो। ठगीमा संलग्न कोमल साहका श्रीमान् भने घटनास्थलबाट भाग्न सफल भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने प्रलोभन दे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved