हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार हुने

  • फागुन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिरमाः हिमालयन चेस एकडेमीका निर्देशक याईशाष यासिर खम्बू र प्रशासन प्रमुख नविना राई

काठमाडौं/ हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ ।

भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फम्र्याट’ मा सञ्चालन गरिनेछ ।

आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन ।

तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा पाँच राउन्ड खेलाइनेछ । र, प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ ।

टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ ।

कुल १५ हजार रुपिया पुरस्कारको हिमालयन डुओमा उपाधि जित्ने टिमले ट्रफी, मेडलसँगै नगद सात हजार पाउनेछ । उपविजेताले पाँच हजार र तेस्रो हुने टिमले तीन हजार हात पार्नेछन् ।

गत वर्ष आयोजित हिमालयन डुओको पहिलो संस्करणमा सुजन काफ्ले र सविन खतिवडाको टिम नाइटमेर कजिन्स च्याम्पियन भएको थियो ।

अनमोल राई र प्रवीर केसीको गोथ नाइट्स उपविजेता भएको थियो भने लियोन महर्जन र शुभ तुल्स्यानको टिम नाइट्स ग्याम्बिट तेस्रो स्थानमा रहेको थियो । एकेडेमीको थापाथलीस्थित आफ्नै हलमा आयोजित प्रतियोगितामा १७ टिम सहभािग थिए ।

एकेडेमी भक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १३ औं प्रतियोगिता पनि हो– हिमालयन डुओको दोस्रो संस्करण । उसले यसअघि ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १२ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved