धरानबाट ठूलो मात्रामा लागूऔषध बरामद, दुई युवक पक्राउ

  • फागुन ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

मिति २०८२ साल फागुन ११ गते दिउँसो करिब २/३० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १-०२-०५५ प ११३२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ बस्ने २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका–३ बस्ने २० वर्षीय नविन कडेलमध्ये नविन कडेलको साथबाट ट्रामाडोल ५९० क्याप्सुल र डिकोलिक ५९० ट्याब्लेट फेला परेको हो।

प्रहरीले दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणका लागि चेकजाँच कडाइ गरेको बताएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved