समाचार

    Showing 6,461-6,470 of 8,642 items.
  • असफल पानबारीको डिपबोरिङ

    धरान । सिंचाई प्रयोजनका लागि खनिएका डिपबोरिङ धरानमा असफल बन्दै गएको छ । धरान ६ पानबारीमा ६ वटा डिप बोरिङ खनिए पनि स्थानीयहरु कृषिका लागि खोलाकै पानीको भर पर्नु पर्ने अवश्था रहेको छ । सबै डिपबोरिङहरु संचालनमा रहे पनि सिचाईका लागि प्रयोगमा नआएको पाइएको छ । ०७४ सालमा निर्माण शुरु भई दुई वर्षमा ६ वटै डिपबोरिङ संचालनमा ल्याइएको थियो । सिचाईलाई लक्षित बोरिङ खनिए पनि अहिले प्रयोग विहीन अवस्थामा पुगेका छन् । कृषकलाई सहज रुपमा सिंचाई गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका डिपबोरिङ आंशिक रुपमा मात्र सञ्चालनमा आउँदा कृषिकहरु सिंचाइका लागि खोलाको पानीको भर पर्नु परेको कृषकहरु गुनासो गर्छन् ।धरान उपमहानगरपाल

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 972 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा

    धरान – मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाल अटो मेकानिस ट्रेड युनियन (नाटु) का अध्यक्ष जीनव अधिकारीले नयाँ सोरुमको अद्घाटन गरेका हुन् । बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त सोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुने मोटरहेड बाइकको अधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«डका जनरल म्यानेजर उज्वल जोशीले बताए । यस अन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिने छ । यसका लागि बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने छ । नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरीका घटना गाउँभित्रै गुपचुप: प्रहरीसम्म पुग्दैनन् स्थानीय

    इटहरी/  एक साताअघि इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा दिउँसै ताला फुटाएर लाखौँ मूल्यको गरगहना तथा रकम चोरी भयो । अभियुक्तलाई चोरीका सामग्रीसहित प्रहरीले नियन्त्रणमा लियो । चोर नै समातिएपछि भण्डारीले आफ्ना गहना र रकम प्रहरीसँग माग गरिन् तर प्रहरीले कानुनी प्रक्रियामा गएको कारण तत्काल फिर्ता गर्न नसक्ने बतायो । त्यसपछि उनी आफ्नै सामान लिन झमेला व्यहोर्नुपरेको भन्दै प्रहरी कार्यालयबाट बाहिरिइन् । त्यस्तै, एक महिनाअघि इटहरी–३ को तालतलैया मार्गबाट एक विद्यार्थीको ल्यापटप र मोबाइल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिलाई इटहरी प्रहरीले ४८ घण्टाभित्रै सामानसहित नि

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 742 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेशसभा बैठक छल्दै, सरकारको आयु लम्ब्याउँदै

    विराटनगर । नेकपामा उत्पन्न विवादसंगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस भए पछि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनितिमा रहेको छ । प्रदेशसभा बैठक डाकिएको डेड महिना बितिसक्दा पनि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनीति अख्तियार गरेपछि प्रदेशसभा समेत बन्धक बन्न पुगेको छ । सरकार अनुकूल हुने गरी बारम्बार प्रदेशसभाको बैठकको मिति तोक्ने र बैठक सारिदिने गर्नाले पेस भएको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदा प्रदेश १ सरकारको आयु १२ दिन थपिएको छ । विहीबार २ बजेको लागि बैठक तय भएको थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलोपटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो । इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक शुरु भएको नगरपालिकाले जनाएको छ । परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र दिइनेछ । एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । फोटो खिच्नका लागि नागरिकता, विवाहित

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 1,248 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • आगालागी पीडितलाई प्रदेश सरकारद्वारा राहत वितरण

    विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामग्री उपलब्ध गराएको छ । विहीबार आगलागीले ध्वस्त भएको बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका छन । पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले सुनाए । आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इपिल्यान्ड वाटर पार्क विवादमा : मेयरको शुभकामना, उपमेयरको विरोध

    इटहरी/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गत सोमबार उद्घाटन गरेको इटहरीको इपिल्यान्ड वाटर पार्क विवादमा तानिएको छ । परिचित व्यवसायी भीम पौडलसहित अवकास प्राप्त एआईजी कृष्ण बस्नेत तथा उनका नातेदार कृष्ण बस्नेत र पूर्व डीआईजी ज्ञानविक्रम साहको संयुक्त लगानीमा पार्क सञ्चालन भएको हो । सो पार्क सरकारी जग्गामा बनेको र नक्सा पाससमेत नगरी निर्माण भएको आरोप लागेपछि विवादमा तानिएको हो । पार्क नेपालकै पहिलो नमुना वाटर पार्क भएको सञ्चालकहरूको दावी छ । मन्त्री ढकालले उद्घाटन गरेर पार्क सञ्चालन भइसकेपछि इटहरीकी उपमेयरले सो पार्क अवैध र गैरकानुनी तवरले निर्माण भएको बताएकी छन् । उ

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 1,642 पटक पढिएको
    • "तेजबहादुर बन"
  • सुनवर्षीका वडाध्यक्षविरुद्ध दोहोरो नागरिकताको मुद्दा

    विराटनगर/  मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकता लिएको भन्दै उनीरिुद्ध उजुरी परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मोरङ जिल्ला प्रशासन कार्यालयमा मियाँविरुद्ध वडा सदस्यहरूले नै उजुरी दिएका हुन् । उनीसँग नेपाल र भारत दुवै देशका नागरिकता भएको र उनले दुवैतर्फ कारोबार गर्ने गरेको बताइएको छ । उनले भारतीय ७०५४९२०३५५७० भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएको र भारतीय बैङ्कहरूमा खाता खोली एटीएम प्रयोग गर्ने गरेको उजुरी पत्रमा उल्लेख छ । मियाँले आफ्नै नामबाट भारतीय सिमसमेत प्रयोग गर्ने गरेका छन् । उनीविरुद्ध जनता आवासजस्ता कार्यक्रमअन्तर

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा १६ वटा सिँचाइ आयोजना निर्माण हुँदै

    इलाम/  दुई वर्षभित्र जिल्लामा १६ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत् चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएका हुन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने परियोजनाका फिक्कल क्लस्टर संयोजक केशव लामाले बताए । जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयमा कन्याम फाजिगाउँ सिँचाइ आयोजना, साउ

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 561 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जल र बिक्रेताबीच अन्तरक्रिया

    विराटनगर/  महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले ‘जल’ ब्रान्डका पाइप एन्ड फिटिङका बिक्रेतासँग बृहत् छलफल गरेको छ । महालक्ष्मीले जल ब्रान्डमा सिपिभिसी र पिभिसी पाइप तथा फिटिङ्सहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले पहिलो चरणमा सिरहाभन्दा पूर्वका बजार प्रतिनिधि तथा बिक्रेतालाई सहभागी गराएर इटहरीमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू उपस्थित थिए । ‘जल’ लाई अझ सशक्तरूपमा अघि बढाउन यस्तो भेला आजोजना गरेको जनाइएको छ । कार्यक्रममा कम्पनीका सञ्चालकले थप सुविधा र गुणस्तर एकै छाना मुनिबाट पूर्ण होम सोलुसनसहित उपलब्ध गराउन

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved