धरान / पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । महासंघको केन्द्रले चैत्र २५ गते चुनावको मिती घोषणा गरेसँगै सुनसरीमा पनि पत्रकाहरुलाई चुनावी सरगर्मी बढेको हो । चैत्र २५ गते केन्द्रका पदाधिकारीसँगै प्रदेश र जिल्ला समितिको निर्वाचन हुँदैछ । कोरोनाका कारण ढिलाई भएको महासंघको चुनाव चैत्र २५ गतेलाई तोकिएको हो । विभिन्न राजनीतिक दलसंग निकट रहेका पत्रकार संगठनहरु अहिले महासंघ सुनसरीको नेतृत्व लिने दाउमा रहेका छन् । सांगठिक रणनीति सहित चुनाव जित्ने माहोल बनाउन आ–आफ्नो ढंगले अगाडी बढेका छन् । सुनसरीमा विशेष गरी नेपाली कांग्रेससंग सम्बद्ध प्र
इलाम इलाम नगरपालिका वडा नं। ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए । घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको वडाध्यक्ष तीर्थ गुरुङ्गले जानकारी दिए । श्रीमती कमला राईको अवस्था गम्
इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन । कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए । इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध
धरान÷नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ । त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गत
विराटनगर । पछिल्लो दुई दिनयता विराटनगरमा फेरि नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । कोसी अस्पताल गरिएको स्वाब परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालका मेसु डा। चुमनलाल दासीका अनुसार नयाँ संक्रमित केही अघि भारतबाट फर्किएका हुन् ।तीन महिनायता विराटनगरमा संक्रमित शून्यमा झरेका थिए । कोभिड अस्पतालमा बिरामी भर्ना भएका थिएनन् । बिहीबार तीन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । तर शनिवारको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएन । वीपी प्रतिष्ठान धरानमा शनिबार गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्र
धरान / प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन । विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सभाध्यक्ष नेपाल बास्केटवल संघक
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर हुने गरेको अव्यवस्थीत पार्किङले एम्बुलेन्स तथा विरामी बोकेर आएका सवारीसाधनलाई पनि अस्तव्यस्त बनाएको छ । प्रतिष्ठानको प्रवेशद्वार अघि पार्किङ गरिएका टेम्पो, सिटीसफारी लगायतका सवारी साधनले अस्पताल प्रवेशमै बाधा पुर्याउने गरेको छ । अव्यवस्थीत पार्किङले गम्भीर प्रकृतिका बिरामी बोकेर आएका एम्बुलेन्सनै रोकिदा बिरामीहरु जोखिममा हुने गरेका छन् । जथाभाविको पार्किङले बाटोमा हिड्न्े बटुवा, विरामी लिएर आएका आफन्तहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ । दिनप्रतिदिन विरामीको चाप बढ्नु र प्रतिष्ठान रेफरल अस्तापलको रुपमा विकसित हुदै गएकोले प्रतिष
इलाम/ यहाँ निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पूरा भएको छ । इलामबाटै जहाज चढ्ने इलामवासीको सपना अब पूरा हुने भएको छ । धावनमार्गको लम्बाइ छ सय ७० मिटर र चौडाइ २० मिटर छ । जिल्लाकै गौरवपूर्ण आयोजनाको रूपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम बन्दाबन्दीका कारण केही प्रभावित बने पनि अहिले धावनमार्गसहित ट्याक्सी र हवाई पार्किङ स्थलसमेत कालोपत्रे गर्ने काम सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका विनायक भट्टराईले बताए । आठ करोड ४० लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कङ्क्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बन
मोरङ । उत्कृष्ठ कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधि फागुन महिनामा अशोक राई र ज्ञान बहादुर बस्नेत घोषित भएका छन् । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै कर्तव्य ज्यान, अपहरण ग
सुनसरी / प्रदेश नम्बर १ मा आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता हुँदा २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरा