समाचार

    Showing 5,211-5,220 of 8,597 items.
  • मिरगञ्ज पुल बन्ने : एक महिना भित्र संचालनमा ल्याउन भारतीय मन्त्रीको निर्देशन

    धरान । भारतीय क्षेत्रमा रहेको मिरगञ्ज पुल एक महिना भित्र पुर्ण रुपमा संचालनमा ल्याउन भारतीय मन्त्रीले निर्देशन दिएका छन् । मिरगञ्ज पुल क्षतिग्रस्त बने पछि नेपाल तर्फबाट निर्यात तथा आयातमा समस्या बढ्दै गए पछि मोरङ व्यापार संघको पहलमा एक महिना भित्र पुल संचालनमा ल्याउन भारतीय पक्षबाट निर्देशन आएको छ । संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँपुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि माग गर्दै आएको थियो । संघले भारतीय निकायहरुमा निरन्तरको पहलबाट भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मकता देखाउँदै आगामी एक महिनाभित्र पुल पूर्ण रुपमा संचालनमा

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आपगाछीमा शव फेला

    धरान/ धरान भेडेटार सडक खण्ड स्थित आपगाछी क्षेत्रमा कुहिएको अवश्थामा शव फेला परेको छ । आपगाछीको जंगल क्षेत्रमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको हो । बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले कुहिएको अवश्थामा शव फेला पारेका थिए । जंगल गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा फेला पारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । कुँवरले भने, ‘एउटा खुट्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होलिल्याण्ड थ्री वाइ थ्री वास्केटबल प्रतियोगिता हुने

    धरान/ धरानमा विद्यालय स्तरीय वास्केटबल प्रतियोगिता हुने भएको छ । धरान १५ स्थित होलिल्याण्ड स्कुलको आयोजनामा फागुन ७ र ८ गते होलिल्याण्ड थ्री वाइ थ्री आन्तर विद्यालय महिला, पुरुष प्रतियोगिता हुने भएको हो । धरान ९ पुतलीलाईन स्थित कफि पव एण्ड रेस्ट्रोमा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको विषयमा जानकारी दिएको हो । विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा माघ पहिलो साताबाटै सञ्चालन गर्न लागिएको प्रतियोगिता कोभिड महामारीको तेस्रो लहर आए सँगै स्थगित गरिएको प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको स्कुललका प्रिन्सिपल राजकुमार लिम्बूले बताए । लामो समय कोरोना महामारीका कारण विद्यार्थीहरुमा मानसिक

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्या ब्युटि आर्ट एण्ड एकेडेमीको प्रथम बार्षिक उत्सब : ब्राण्ड एम्बास्डर घोषणा

    धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले आफ्नो प्रथम बार्षिक उत्सबको अवसर पारेर मिस स्टेड १,सिजन ३ की विजेता श्वेता भुुजेललाई आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । धरान–६स्थित होटल नबयुुगमा बुुधबार आयोजित कार्यक्रममा आर्या ब्युुटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशकले भुुजेललाई आर्याको ब्राण्ड एम्बास्डर घोषणा गरेकी हुन् । आर्या ब्युुटि आर्ट एण्ड एकेडेमी ब्युुटिसियनहरुलाई ब्यबसायीक र रोजगारमुलक बनाउन लागि परेको बताउदै उनले ब्राण्ड एम्बास्डर घोषणा सँगै अब आर्यालाई प्रदेश १ ब्यापी बनाउने बर्ताइन । कार्यक्रममा बोल्दै एकेडेमीका प्लानीङ म्यानेजर योगेशबाबुु काफ्ले ले अबको चारबर्ष भित्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्ड फ्लु देखिएको फर्मका कुखुरा नष्ट

    धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटनामा परी १ जनाको मृत्यु ३ जना घाइते

    धरान । उदयपुर गढी गाँउपालिका ७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर बालुवा बोकेर जाँदै गरेको अवस्थामा अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । टिपरमा सवार रहेका ४ जना घाईते मध्ये चारैजनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारका क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओझेलमा ‘परेवा झरना’

    धरान । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको उदयपुरगढीको परेवा झरना ओझेलमा परेको छ । प्रकृतिक सुन्दरताले भरिपूर्ण रहे पनि स्थानीय तहबाट प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सरोकारवालाहरुले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयको गुनासो छ । गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको प

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,150 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जबज आयातित होइन’ : गुरु बराल

    धरान । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद कतैबाट आयातित नभई नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट उत्पत्ति भएको पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले बताएका छन् । मंगलबार एमाले निटक नेपाल बुद्धिजिबी परिषद सुनसरीले धरानमा आयोजना गरेको ‘जबज, दशौ महाधिवेशन र बौदिक बर्गको दायित्व’ बिषयक अन्तक्रिया कार्यक्रममा बरालले पार्टीको निती सिद्धान्त बिचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले भने, ‘धरानको राजनीतिक माटोले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित एकजना पक्राउ

    धरान । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् । सोमबार राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलिले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा प्लास्टिकमा पोको पारेर शरिरमा लुकाई राखेको अवस्थामा १ ग्राम ७ सय ४० मिलिग्राम खैरो हिराईन बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध खैरो हिराईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माछा मार्ने क्रममा माईखोलामा डुबेर बालिकाको मृत्यु

    धरान । इलामको माईखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाकोे मृत्यु भएको छ । इलामको माईजोगमाई गाउँपालिका ४ मा बस्ने दिपक राईकी ९ वर्षीया छोरी अरिना राईको माछा मार्ने क्रममा सोमबार बेलुकी ४ बजे डुबेर मृत्यु भएको हो । पानीमा डुबेर अचेत अवस्थामा रहेकी उनीलाई आमाले भेटे पछि उपचारका निम्ती अस्पताल लाने तयारी गर्दा गर्दै उनको घरैमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved