धरान । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पुर्व–पश्चिम राजमार्गमा एम्वुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका ५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन् । आइतबार बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । &
धरान । डेढ बर्ष अघि पुर्ण जागरण टोल विकास समिति धरान ९ को आयोजनामा गौतम पथमा सडक सौन्दर्यकरण गर्न सडकको दुवै गमलामा फुल रोपियो । सौन्दर्यकरणका लागि सडकको दुवै तर्फ अन्डर ग्राउन्ड तार सहित बत्ती जडान गरि गमला राखि वडालाई सुन्दर तथा पर्यटनको विकासका लागि आयोजना रहेको थियो । गौतम पथलाई सौन्दर्यकरण गर्न शुरु भएको योजना डेढ वर्ष पनि बित्न नपाउँदै लथालिङ्ग बनेको छ । अहिले गमलामा न फुल छ, न त हाँगा नै देखिन्छ । पुतलि लाइन देखि कलेज रोड सम्मको बाटोमा वडाले सौन्दर्यकरण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडा कार्यालय र टोल विकास समितिले नै स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी दिएको थिय
धरान । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम
धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ
धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको पञ्चकन्या वनभोज स्थल बन्दै गएको छ । अहिले यो क्षेत्रमा प्रदेश नं. १ का विभिन्न क्षेत्रमा वनभोज खान आउन थालेका छन् । वनभोज खानेहरुले पञ्चकन्या रमणीय स्थल भएको विषयमा प्रचार गरेसंगै पछिल्लो समय पञ्चकन्या वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको हो । झापाको दमकबाट पञ्जकन्या जंगलमा वनभोज खान आएका सुमन गुरुङले पञ्चकन्यामा पहिलोपटक वनभोज खान आएका बताए । गाउका केही साथीहरु मिलेर शनिवार पञ्चकन्यामा वनभोज खान व्यस्त रहेका उनले भने–‘धरानको विजयपुर साच्चिकै रमणीय स्थल रहेछ । विगतमा विजयपुरका अन्य मन्दिरमा आएपनि पञ्चकन्यामा भने आउन नपाएको बत
धरान । संखुवासभाको सभापोखरी गाउँपालिका २ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबा ५२ बर्षीय बुबा दल बहादुर दर्जीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनीबार राती अन्दाजी साँढे २ बजेको समयमा फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
धरान/ प्रदेश १ मा डेभलपमेण्ट बैंकर्स एसोसियनको प्रदेश च्याप्टर अन्तरगत प्रदेश १ विकास वैंक फोरमको गठनसंगै नया कार्य समिति चयन भएको छ ।फोरमको नया कार्यसमितिमा गरिमा विकास बैंकका मिनप्रसाद सुबेदीलाई संयोजक तोकिएको छ भने मुक्तिनाथ विकास बैंकका मनोज बिष्टलाई सह–संयोजक तोकिएको छ । विहीबार इटहरीस्थित होटल गोर्खामा डेभलपमेण्ट बैंकर्स एसोसीएसनका पूव र्कायसमिति सदस्य तथा मितेरी डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत तुलससी प्रसाद वस्तीको आतित्थयमा बसेको बैठकले सुवेदीलाई संंयोजक र विष्टलाई सहसंयोजक तोकिएको हो । बिहिबार भएको बैठकले फोरमको सदस्यहरू समेत चयन गरेको छ । चयन भएका सदस्यहरुमा कामन
धरान/ परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर आज फागुन ७ गते १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण भएको कार्यक्रममा पाक्षिक रुपमा सञ्चालन हुँदै आईरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “ब
धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको
धरान । धरानमा बादर आतंक भर्खैरै मात्र भएको होइन, यो आतंक बर्षौदेखि छ । बादर आतंकबाट सर्वसाधारणलाई छुट्कारा नपाउने भएपछि २०७० सालमा बादर पीडित संघर्ष समिति गठन भयो । समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई समेत ज्ञापनपत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउँदा पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय धरानमा बादर आतंकले सर्वसाधारण झन आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकारले गम्भीतापूर्वक लिएको छ न त प्रदेश तथा संघीय नै । २०७० सालमा सु्नसरी प्रदेश नं. १ बाट सांसद बनेकी सावित्रा जोशीले सदनमै धरानको बादर आतंकको विषयमा उठाइन् । उनले