झापा/ झापाको मेचीनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नगदसहित पक्राउ गरेको छ। मेचीनगर–१० धुलाबारीमा अवस्थित जमिन राईकाे सेकुवा कर्नरको पछाडिपट्टि टिनको छानो भएको काेठामा जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा तास खेलिरहेको अवस्थामा किरण लम्साल, विशाल लावती, हर्कराज राई, प्रकाश लावती, सागर बस्नेत, मेदनी बराल र शेखरनाथ भण्डारी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र १ लाख ८ हजार ५ सय २० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेका उनीहरूमाथि जुवा खेल्ने वा सट्टेबाजी
झापा/ झापाको मेचीनगरमा जुवाजन्य खेल डाइस (लंगुरबुर्जा) खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–८ इटाभट्टाचोकमा डाइस खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १८ हजार ५० रुपैयाँ, भारतीय रुपैयाँ २०० र डाइस बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बु र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेल रहेका छन्। पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान
धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। स्थानीय युवा तथा विद्यार्थीलाई विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले असोज १६ गतेदेखि १८ गतेसम्म तालिम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। उनलाई सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउत नेतृत्वको टोलीले सहयोग गरेको थियो। तालिममा आगलागी नियन्त्रण, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, पौडी तथा लाइफगार्
धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युवक लागूऔषध खैरो हेरोइनसहित विराटनगरमा पक्राउ परेका छन्। मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राई रहेका छन्। चेकजाँचका क्रममा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी
धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन्। आईतबार साझ धरान उपमहानगरपालिका–८ स्थित फलामे पुलबाट ३२ वर्षीय विमलराज धामीलाई प्रहरीले पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धामीलाई शंका लागेर खानतलासी गर्दा २.८१ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी/ तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन्। बरामद गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा प्रहरीले गरेको चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा बरामद भएको हो। सोमबार बिहान करिब १२ः४५ बजे ट्रक रोकेर जाँच गर्ने क्रममा काउलीको बीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सुनसरी प्रहरीका निमित्त सूचना अधिका
धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार धरान-१३ स्थित संस्थाको भवनमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।कार्यक्रमका प्रमुख अतिथि बेघाले आफ्नो संस्कार, संस्कृति, पहिचान तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संस्था स्थापना गरी निरन्तर क्रियाशील रहेकोमा वनेम कल्याण संस्थाको प्रशंसा गरे। उनले संस्थाले समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। मेयर बेघाले संस्थाको भवन निर्म
धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले उक्त आर्थिक वर्षमा ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँको कुल कारोबार गरेको हो । सहकारीको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई ७ करोड ४९ लाख ७४ हजार ४ सय रुपैयाँ पुगेको छ भने शेयर सदस्य संख्या ८ हजार ७२८ पुगेको छ । प्रतिवेदनअनुसार सहकारीले ७ करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी गर्दा ६ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च गरेको छ । आयकर, ब्याज कर,
धरान/ विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ धरानले प्राणीप्रति दया, करुणा र संरक्षणको सन्देशसहित र्याली, सम्मान तथा अवलोकन कार्यक्रम आयोजना गरेको छ। आइतबार धरान–१४ स्थित सोमिच्योङ भवनमा कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमअघि भानुचोकदेखि हेभन्ली पथको भवनसम्म र्याली निकालिएको थियो। र्यालीमा सहभागीहरूले प्राणीप्रति दया, करुणा र सम्मान, जीवजन्तुको संरक्षण तथा मानिस र पशुबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री परियारले म
पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा रहेको निसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा आज( आइतबार) सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शिव कटवालले कोशीपत्रलाई बताए । प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् संस्थाका सल्लाहकार रमेश कुमार बस्नेत रहेको थिए । उनले साधारण सभाको उदघाट्न गरेका थिए भने प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै संस्थाको अझै उन्नती र प्रगतीको शुभकामना दिदै धरानका लागि महत्पुर्ण रहेको बताएका छन् । त्यसगरि साधारण सभामा ६ नं.वडाका कार्य वाहक वडाध्यक्ष राजेन्द्र न