मलद्वार र भित्री वस्त्रमा सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

  • मंसिर ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  हङकङबाट काठमाडौं आएका दुई चिनियाँ महिला शरीरभित्र र भित्री वस्त्रमा सुनजस्तो देखिने पदार्थ लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन्।

मिति २०८३ मंसिर ८ गते राति करिब ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुनजस्तो देखिने पहेँलो पदार्थ फेला परेको हो।

प्रहरीका अनुसार उनीहरूले मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको ८ थान गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको छ। प्लास्टिकसहित उक्त पदार्थको कुल तौल २ किलो ३४८ ग्राम रहेको छ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना रहेकी छन्। उनको साथबाट ५ थान सुनजस्तो देखिने पदार्थ १ किलो ३४० ग्राम बरामद भएको छ। त्यस्तै, सोही स्थानकी ३५ वर्षीया लिन सिनपिङको साथबाट ३ थान पदार्थ १ किलो ८ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट उक्त पदार्थ बरामद गरिएको हो। दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।

 

धरानका ३३ वर्षीय यु ...

सुनसरी/ प्रहरीले मुखभित्र लुकाएर ल्याएको ब्राउन सुगरजस् ...

धरानसहित तीन ठाउँबाट ...

सुनसरी/ सुनसरीमा प्रहरीले लागूऔषध ब्राउन सुगरविरुद ...

धरानमा आठौँ मिस्टर क ...

धरान/ धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक ...

यात्रु बस चढेर आएका ...

इटहरी/ यात्रु बस चढेर आएका धरानका एक युवक लागूऔषध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved