समाचार

    Showing 3,121-3,130 of 10,132 items.
  • धरानको १५ औं नगरसभा आज हुने

    धरान/ दुई–दुई पटकसम्म आयोजना हुन नसकेको धरान उपमहानगरको नगरसभा आइतबार हुने भएको छ। असार १० भित्र आयोजना भइसक्नु पर्ने नगरसभा विवादका कारण झण्डै महिना दिन पछाडि धकेलिएको हो। मेयर हर्क साम्पाङ एकातिर अरु सबै जनप्रतिनिधि अर्कातिर हुने अवस्थाले धरान साउन १ देखि बजेटविहीन अवस्थामा छ। नगरसभा हुन नसक्दा बजेट र नीति कार्यक्रम आउन सकेको थिएन। ‘करार कर्मचारीहरुको विषयमा रहेको विवादमा सहमति भयो’, धरानका प्रवक्ता सूर्यबहादुर भट्टराईले भने ‘आज ९आइतबार० तीन बजे नगरसभा बस्दैछ।’ करारमा रहेका कर्मचारीहरुलाई हटाउने गरी मेयर साम्पाङले कार्यपालिकामा प्रस्ताव ल्याएको भन्दै अ

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान गरेर भोजपुरमा अवरुद्ध सडक सञ्चालन

    भोजपुर/  भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो। वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताए। ‘अवरुद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ। खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ। खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैक

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

    उदयपुर/ जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्यवृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताइन। “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु. ५० पर्नेमा अहिले रु. एक सय पचास पर्छ”, उनले

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी कर्मचारीले ओभर टाइमको भत्ता नपाउने

    काठमाडौं/  अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो । बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ । बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१/८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

    ताप्लेजुङ/  हिमाली जिल्ला ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो । इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरूप शनिवार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीका अनुसार मानवअधिकार उल्लंघन सम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ । सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात् छ मह

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न प्रचण्डको सुझाव

    विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए । सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए । ‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजी

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं/  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो । बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल छन् । उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयको अनुगमन

    विराटनगर/  सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो । समितिले टोलीलाई समग्र सामुदायिक विद्या

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संचारकर्मी धमलालाई हमला गर्नेलाई सार्वजनिक गरियो

    धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले सन्चारकर्मी धमलालाई आक्रमण गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरीले इनरुवामा नै धमलालाई आक्रमण गर्नेहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुशार धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीय प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई,  धरान–१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघालाई सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार संवन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको जिल्ला प्रहर

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 1,323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संचारकर्मी धमला आक्रमण प्रकरण : धरानका मेयर हर्कराजका समर्थक धमाधम पक्राउ

    धरान/ सन्चारकर्मी सन्जिता धमलालाई आक्रमण प्रकरण गर्नेलाई धरान प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । आज(विहीबार )बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघा पक्राउ परेका छन् । बुधबार वीपी प्रतिष्ठनमा उपचार गर्न गएको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको थियो । धमला एक्स रे कक्षमा लुकेर आक्रमण हुनबाट आफु बँचेको वताएकी छिन ।यस अघि हिजो नै उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त घटनामा

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 1,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved