समाचार

    Showing 2,891-2,900 of 10,130 items.
  • ‘हातैमा चुरा छन छन ’ सार्वजनिक(भिडियो सहित)

    धरान/ गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराचको अभिनय छ । भिडियो:

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • “दलितलाई खै”आन्दोलनलाई ऐक्यबद्धता

    धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ । समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन ग

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालय रोडमा व्यापारिक महोत्सव रोक लगाउन माग

    विराटनगर/  विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गरा

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खसी–बोकाको ब्यापारःसाताको दुई दिन

    सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारको सह्रानीय काम

    धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति  महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा एमालेले मतदाताको दश प्रतिशत पार्टी सदस्य वृद्धि गर्ने,योजना यस्तो छ

    धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ । नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व प

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अखिल क्रान्तिकारी सुनसरीमा यम कुमार

    धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हलुवाई धरानमा बाबुलाल साह

    सन्तोष गुप्ताबराहक्षेत्र/ हलुवाई सेवा समिती धरान नगर समितिको अध्यक्षमा बाबुलाल साह चयन भएका छन ।१३ सदस्यीय समितिको उपाध्यक्ष राजेन्द्र साह,सचिव सुनिल साह र कोषाध्यक्षमा भरत साह रहेका छन । यस्तै सदस्यहरुमा राम कुमार,योगेन्द्र, श्यामसुन्दर,मनोज,आकाश, कमल र विश्वास साह र जयप्रकाश गुप्ता रहेको अध्यक्ष बाबुलाल साह ले बताए ।शनिबार धरानको गिता मन्दिर मा सम्पन्न हलुवाई जातीको कुलदेवता श्री १००८ संत गणिनाथ गोबिन्द जी र खेमासती माताको जन्म जयन्ती र कुलपुजाको अवसर गठित समितिको सल्लाहकारमामा निवर्तमान अध्यक्षद्वय गोबर्धन साह र रबिन साह, पुर्व उपाध्यक्ष रमेश साह यसैगरी डाक्टर सन्दिप, बृजनन्दन, बिक्रम

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँढे गोरु : दुलर्भ हुँदै गएको साँढे गोरु

    धरान/ सुनसरीको इनरुवा वरगाछीमा हिँडडुल गर्दै । धरान आसपासमा विगतमा यसरी नै सडक र गल्लीमा साँढे गोरु भेटिनृे गरेको थियो । तर आजभोली पाईदैन । गोरु दुर्लभ बन्दै गएको छ । गोरुलाई हिन्दु परम्परा अनुसार पुजा आर्चना समेत गरिन्छ भने खेतबारी जोत्न समेत प्रयोग हुने गरेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको प्रदेश स्तरीय प्रशिक्षण

    इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो । अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved