समाचार

    Showing 2,691-2,700 of 8,440 items.
  • एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई महानगरको सम्मान

    विराटनगर / विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेका हुन् । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरेका हुन् । ४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदे

    • प्रकाशित मितिः असार २८, २०८०
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार प्रकाउ परेको छन । बुधबार झापाको दमक नगरपालिका –९ स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका वडा नम्बर  – ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिईएको हो । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – १० का २६ बर्षीय सुमन कोइराला,बेलबारी नगरपालिका वडा नम्बर – ३ की बर्ष २५ की ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्रा

    • प्रकाशित मितिः असार २८, २०८०
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करेन्ट लागेर एकको मृत्यु

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर –४ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रमा अचानक करेन्ट लागि उनि घाईते भएका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा उनको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

    काठमाडौं / बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचारको सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीहरुको उपचारमा निरन्तर सक्रिय भएर लागिपरेका नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका छन । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचारको सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले बताएका छन । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउँन लागेको बताए । शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी

    • प्रकाशित मितिः असार २८, २०८०
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर पुनः अवरुद्ध

    सुनसरी/  आज बिहानै देखि परेको अबिरल झरीको कारण आएको बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागको आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेचि राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरका ५ जना उद्योगी सम्पर्कविहीन

    मोरङ /अहिले ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नलाई धमाधम पक्राउ गर्न थालिएको छ । प्रकरणमा संलग्नलाई पक्राउ गर्न थालिएपछि विराटनगरका ५ जना उद्योगी व्यापारी अहिले सम्पर्कविहीन भएका छन् । सम्पर्क विहीन भएकाहरुमा सारडा ग्रपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । सारडा गु्रपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा समेत फरार रहेको बताइएको छ । असार १५ गतेपछि उनीहरुहरु सम्पर्कविहीन भएको मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले जनाएको छ । ललिता काण्डमा राज्यले व्यवसायीलाई अनावश्यक

    • प्रकाशित मितिः असार २८, २०८०
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित २ जना पक्राउ

    धनकुटा /  धनकुटाको हिले बजारबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–१ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ बर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका–२ का २० बर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेकाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः असार २८, २०८०
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुका विरामी बढ्दै सर्च एण्ड डिस्ट्रोयलाई निरन्तता दिँदै

    धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सच एण्ड डिस्ट्र

    • प्रकाशित मितिः असार २८, २०८०
    • 881 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री दाहालकी श्रीमतीको मृत्यु

    सुनसरी / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका श्रीमति सीता दाहालको निधन भएको छ। प्रधानमन्त्री दाहालकी पत्नी दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी ६९ वर्षकी थिइन् । दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेटमा उनको मृत्यु भएको थियो । स्वर्गीय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले पेरिस डाँडामा राखिएको हो। दिउँसो १ बजेसम्म पार्टी कार्यलयमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवा

    • प्रकाशित मितिः असार २७, २०८०
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्यालको आक्रमणबाट धनकुटामा नौ जना घाइते

    धनकुटा / धनकुटामा स्यालको आक्रमणबाट ९ जना घाइते भएका छन् । मंगलबार साँझ धनकुटा नगरपालिका वडा नम्बर ५ र ७ मा स्याल पसेर आक्रमण गर्दा धनकुटा नगरपालिका – ५ बस्ने प्रेम बहादुर याखा सोही स्थानका शर्मिला लिम्बु र प्रस्ना सोनाम रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । यसैगरी अन्य घाइतेहरुमा धनकुटा नगरपालिका – ७ बस्ने सावित्री राई, धिरज राई, नरबहादुर मगर, सपुत कुमारी राई, शुक्र बहादुर राई र उत्छव लिम्बु रहेका छन् । घाइते हुनेहरुको अधिकांशको हात र खुट्टामा चोट लागेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । आमक्रण गर्ने स्याललाई भने मारिसकिएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved